शेखर समूहको बैठक बस्दै, महामन्त्री थापा सहभागी हुन्छन् ?

काठमाडौँ- नेपाली कांग्रेसको संस्थापनइतर पक्षको बैठक आज बस्ने भएको छ । आज दिउँसो १ बजे बत्तिसपुतलीस्थित अनुपम फुडल्याण्डमा बैठक बस्ने छ । नेता डा. शेखर कोइरालाले यसअघि मंगलबार दिउँसो १ बजेका लागि बोलाइएको बैठक बुधबार सोही समयका लागि सारेका थिए ।
कोइरालाले आफूसँग परामर्श नगरी मंगलबार बैठक बोलाएको भन्दै महामन्त्री गगन थापा सहभागी नहुने भएपछि बैठक आजका लागि सारिएको थियो । आजको बैठकमा भने महामन्त्री सहभागी हुने कोइराला पक्षका एक नेताले बताए ।
बैठकमा आगामी २९ गते बस्ने पार्टीको कार्यसम्पादन समिति बैठक आगामी पुस १६-१९ का लागि तय भएको महासमिति बैठकमा राष्ट्रियसभा निर्वाचनलगायत विषयमा छलफल हुने छ।
कांग्रेस सभापति शेरबहादुर देउवाले जाडो बढेकाले राष्ट्रियसभा निर्वाचनको तयारी र आन्तरिक तयारी नपुगेको भन्दै महासमिति बैठक फागुनमा सार्ने प्रस्ताव गरेकोमा शीर्ष नेता सहमत देखिन्छन् ।
यस्तै आगामी माघ ११ गते हुने राष्ट्रियसभा निर्वाचनमा गठबन्धन र पार्टीको आन्तरिक भागबण्डाबारे इतर समूहले आज आफ्नो रणनीति बनाउने बताइएको छ ।

नियतवश मुद्दा चलाइयो, क्लिनचिट लिएर आउँछौं: एकीकृत समाजवादी

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

प्रतिक्रिया