भारतविरुद्धको हारले नेपाली ब्याटर र बलरको कमजोरी छताछुल्ल !

काठमाडौँ- युनाइटेड अरब इमिरेट्स (यूएई) मा जारी एसीसी यू-१९ एसिया कप क्रिकेट प्रतियोगिताको यात्रा नेपालका लागि निराशाजनक र विर्सनलायक रह्यो ।
नेपालले समूह चरणमा खेलेका तीन वटै खेलमा पराजित हुँदै प्रतियोगिताबाट बाहिरिन पुग्यो । पहिलो खेलमा पाकिस्तानसँग ७ विकेटको हार बेहोरेको नेपालले दोस्रो खेलमा अफगानिस्तानसँग ७३ रनको पराजय भोगेको थियो ।
तर समूह चरणको तेस्रो तथा अन्तिम खेलमा नेपालले बिर्सनलायक प्रदर्शन गर्यो । भारतविरुद्ध नेपाली ब्याटर र बलरको कमोजरी छताछुल्ल भयो ।
टस हारेर ब्याटिङ गरेको नेपालले भारतीय फास्ट बलरसामु सुरुवातबाटै खुलेर खेल्न सकेनन् । नेपाली ब्याट्सम्यानले एक-एक रनका लागि पहिलो ओभरबाटै संर्घष गर्नुपर्यो । र रन बनाउने क्रममा एकपछि अर्को खेलाडीले विकेट गुमाउन पुगे ।
बोर्डमा केवल ९ रन छँदा ११ बल खेलेर १ रन बनाउँदै ओपनर दीपक बोहरा भारतीय फास्ट बलर राज लिम्बानीको बलमा विकेटकिपर अराभेली अभानिशबाट क्याच-आउट भए ।
पाँचौँ ओभरमा पहिलो विकेट गुमाएको नेपालले सातौं ओभरमै दोस्रो विकेट गुमायो । उत्तम थापामगर ७ बल खेल्दै शून्यमा राजबाट बोल्ड भए ।
आठौँ ओभरमा भने अर्का ओपनर अर्जुन कुमाल पनि पेभेलियन फर्किए । २२ बलको सामना गर्दा एक चौका हिर्काएर ७ रन बनाएका अर्जुन भने आराध्य शुक्लाको बलमा मुसिर खानबाट समातिए ।
नवौंओभरमा भने भारतीय बलर राजले भने लगातार दुई महत्वपूर्ण विकेट हात पारे । उनले नवौं ओभरको पाँचौँ बलमा कप्तान देव खनाल र अन्तिम बलमा दीपक डुम्रेको विकेट लिए । १० बल खेलेका देव २ रन बनाएर आउट हुँदा दीपक डुम्रे भने पहिलो बलमै बोल्ड भएका थिए ।
त्यतिन्जेलसम्म नेपालले ९ ओभरमा १७ रन बनाउँदा ५ विकेट गुमाइसकेको थियो । दशौँ ओभरमा भने अर्का भरपर्दा खेलाडी गुल्सन झाले पनि आफ्नो विकेट सस्तैमा गुमाए । ८ बल खेल्दै केवल एक चौका हिर्काएका गुल्सन भने आराध्याको सिकार भए ।
त्यसपछि टिममा रहेका अर्का दीपक बोहरा ११ बलमा एक चौकाको मद्दतमा ७ रन बनाउँदै पेभेलियन फर्किए । नेपालले ३२ रन जोड्दा १३ औँ ओभरमा दीपक पनि राजकै सिकार भए ।
त्यसपछि पनि नेपालले लगातार विकेट गुमाइरह्यो र २२ ओभर १ बलमा ५२ रन जोड्दा नेपालको इनिङस् समेटियो । १७ औँ ओभरमा १८ बल खेलेका दिपेश कँडेल ४ रन बनाएर आउट भए भने १९ औँ ओभरमा सुवाष भण्डारी आउट हुँदा १९ बलमा केवल २ रन जोडे ।
यता नेपालका लागि सर्वाधिक ८ रन जोडेका हेमन्त धामी भने ३२ औँ ओभरको पहिलो बलमै राजलाई विकेट दिन पुगे । हेमन्तले १८ बल खेल्दा एक चौका प्रहार गरेका थिए । ९ बल खेल्दै ४ रन बनाएका आकाश चन्द भने अविजित रहे ।
नेपालको इनिङ्स धराशायी बनाएका राज लुम्बानीले ९.१ ओभर बलिङ गर्दा केवल १३ रन खर्चिएर सर्वाधिक ७ विकेट चट्काए । आराध्या शुक्लाले २ तथा आर्शिन कुलकर्नीले १ विकेट हात पारे ।
नेपालले दिएको ५३ रनको लक्ष्य भने भारतले विना विकेटको क्षतिमा ७ ओभर १ बलमै पूरा गर्यो । भारतका लागि आर्शिन कुलकर्नीले ३० बलमा सर्वाधिक ४३ रन जोड्दा केवल एक चौका र पाँच छक्का हिर्काए । आदर्श सिंहले १३ बलमा १३ रन जोड्दा दुई चौका प्रहार गरे ।
भारतविरुद्ध नेपालका तीन बलरले मात्र बलिङ गर्ने मौका पाएपनि उनीहरु तीनैजना महंगा सावित भए । सर्वाधिक ४ ओभर बलिङ गरेका गुल्सन झाले ३३ रन खर्चिदा सर्वाधिक ३ छक्का र १ चौका खाए ।
आकाश चन्दले १.१ ओभर बलिङ गर्दा १२ रन खर्चिए । उनले १ छक्का र १ चौका खाए । हेमन्त धामीले २ ओभरमा १२ रन दिए ।
भारतविरुद्ध नेपालका दुई अनुभवी तथा राष्ट्रिय टिमबाट खेलिसकेका खेलाडी गुल्सन झा र देव खनालको प्रदर्शन हेर्न लायक रहेन । ब्याटिङमा दुवै खेलाडी सस्तैमा आउट भए भने बलिङमा गुल्सनको कुनै जादू चलेन । जसका कारण नेपाल भारतसामु निरिह देखियो ।

रोहित पौडेलको नेतृत्वमा नेपाली टोलीले स्कटल्याण्डमा खेल्ने

बीसीसीआई समक्ष विराट कोहलीले भने- अब टेस्ट क्रिकेटबाट सन्यास लिन्छु

अष्ट्रेलियाका पूर्वक्रिकेटर म्याकगिल कोकिन मुद्दामा दोषी ठहर, तोकियो सजाय

क्रिकेट छाडेर भारतीय सेनाका कर्णेल धोनी भारत-पाकिस्तानको युद्धमा जाँदैछन् ?

नेपाली महिला क्रिकेट आज बहराइनसँग भिड्दै

भारतीय क्रिकेटर शिखर धवन प्रेममा

प्रतिक्रिया