सोमबार ०९ असार, २०८२
Monday, June 23, 2025

२१ रन बनाउँदा नेपालले भारतविरुद्ध गुमायो ६ विकेट

काठमाडौँ- युनाइटेड अरब इमिरेट्स (यूएई) मा जारी एसीसी यू-१९ एसिया कपमा भारतविरुद्ध १७ रन बनाउँदा नेपालले ६ विकेट गुमाएको छ ।

समूह 'ए' अन्तर्गत दुवईमा टस हारेर पहिला ब्याटिङ गरेको नेपालले १० ओभर भित्रै २१ रन जोड्दा ६ विकेट गुमाएको हो ।

नेपालका लागि कप्तान देव खनाल २ रनमा आउट हुँदा अर्जुन कुमालले ७, दीपक बोहराले १ र गुल्सन झाले ४ रन बनाए । दीपक प्रसाद डुम्रे र उत्तम थापामगर शून्य रनमै आउट भए ।

भारतका राज लुम्बानीले ४ तथा आराध्या शुक्लाले २ विकेट लिएका छन् ।