सोमबार ०९ असार, २०८२
Monday, June 23, 2025

सुन तोलामा सात सयले घट्यो, चाँदीको मूल्य स्थिर

फाइल फोटो

काठमाडौँ - सुनको मूल्यमा गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुुन तोलामा सात सय रुपैयाँले घटेको हो । 

मंगलबार छापावाल सुन तोलाको १ लाख १६ हजार ३०० मा कारोबार भएको महासंघले जनाएको छ । आइतबार छापावाल सुन १ लाख १७ हजारमा कारोबार भएको थियो । 

यसैगरी तेजाबी सुन तोलाको १ लाख १५ हजार ७५० मा कारोबार भएको छ । सोमबार तेजाबी सुन तोलाको एक लाख १६ हजार ४५० रुपैयाँमा कारोबार भएको थियो । 

यता, चाँदीको मूल्य भने स्थिर छ । महासंघका अनुसार चाँदी एक हजार ४१० मा कारोबार भइरहेको छ ।