इस्लिङटन कलेजमा नेपालको पहिलो शैक्षिक साइबर सुरक्षा अनुसन्धान केन्द्रको उद्घाटन

काठमाडौँ- इस्लिङट्न कलेजले नेपालको पहिलो शैक्षिक साइबर सुरक्षा अनुसन्धान केन्द्रको उद्घाटन गरेको छ । लण्डन मेट्रोपोलिटन विश्वविद्यालय र सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका प्रतिनिधिहरूसँगको सहकार्यमा आयोजित कार्यक्रमबीच केन्द्रको उद्घाटन गरिएको हो ।
उद्घाटन समारोहमा सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माको पनि उपस्थिति रहेको थियो । अनुसन्धान केन्द्रको मुख्य लक्ष्य साइबर सुरक्षा खतराहरूमा अनुसन्धानलाई प्रोत्साहित गर्ने रहेको कलेजले जनाएको छ ।
शैक्षिक कर्मचारी, विद्यार्थी र पूर्व विद्यार्थीहरूले यहाँ गरेको अनुसन्धानको आधारमा साइबर सुरक्षा डोमेन भित्र उदीयमान प्रविधिहरू अन्वेषण गर्ने र प्रशिक्षणमा ध्यान केन्द्रित गरेर साइबर घटनाहरूको डिजिटल फोरेन्सिक अभ्यास गर्ने जनाइएको छ । यी लक्ष्यहरू प्राप्त गर्न केन्द्र डिजिटल फोरेन्सिक प्रयोगशाला, सुरक्षा अपरेसन केन्द्र, र अनुसन्धान केन्द्रसँग आवश्यक पूर्वाधार सुसज्जित रहेको छ ।
अनुसन्धान केन्द्रले नेपालको महत्त्वपूर्ण पूर्वाधारलाई साइबर आक्रमणबाट जोगाउन आवश्यक पर्ने दक्ष साइबर सुरक्षा अधिकारीहरू नेपालमै छन् भनी सुनिश्चित गर्न पनि मद्दत गर्ने कलेजको भनाइ छ । उद्घाटन समारोहलाई सम्बोधन गर्दै लण्डन मेट्रोपोलिटन विश्वविद्यालयका प्रो – भाइस चान्सलर नोना म्याकडफले साइबर सुरक्षा शिक्षाको क्षेत्रमा इस्लिङ्टन कलेजको अन्तर्राष्ट्रिय सहकार्य र मान्यताको विषयमा चर्चा गरेकी थिइन् ।
शिक्षा, अनुसन्धान र व्यावहारिक प्रयोगमा केन्द्रित भएर यस केन्द्रले नेपालमा साइबर सुरक्षाको भविष्यलाई दिशा दिन महत्वपूर्ण भूमिका खेल्नेछ विश्वस लिइएको छ । अनुसन्धान केन्द्रले नेपालको महत्वपूर्ण पूर्वाधारलाई साइबर आक्रमणबाट जोगाउन आवश्यक पर्ने दक्ष साइबर सुरक्षा अधिकारीहरू नेपालमै छन् भनी सुनिश्चित गर्न पनि मद्दत गर्नेछ ।
साइबर सुरक्षा क्षेत्रमा सक्रिय रूपमा काम गर्ने इस्लिङ्टन कलेजमा डिजिटल फोरेन्सिक्स का वरिष्ठ शिक्षक र भैरवमा मानव जोखिम मूल्याङ्कन नेतृत्व गरिरहेका मोनिल अधिकारीको यस केन्द्रको स्थापनामा प्रमुख योगदान रहेको छ ।

लर्ड बुद्धका विद्यार्थीको मलेसिया भ्रमण: शैक्षिक अवलोकन र सांस्कृतिक आदानप्रदान
_qB7XDNlX8t_gavt4ocfksdwut3vyfmlwmpttgt4ei2dgmdifi2ebt4tnewhgpaluntwcnad_0GNp11ApvB_nmckuw9ydfsnrlkjafk85jbse4jnp1p9x2ct52yqqke86kvqrcdyvpya5k6f.jpeg)
जापानको टोकियोस्थित नेपाली विद्यालयले ल्यायो एसइईमा उत्कृष्ट नतिजा

एसईईमा परीक्षा ६१.८१ प्रतिशत ग्रेडेड

एसईईको नतिजा सार्वजनिक

विद्यालयलाई अक्षयकोष रकम हस्तान्तरण

एसइईको नतिजा एक साताभित्र सार्वजनिक गर्ने तयारी

‘विद्यार्थीको सङ्ख्याका आधारमा आङ्गिक शिक्षालयले कार्यक्रम सञ्चालन गर्नुपर्ने’

प्रतिक्रिया