शुक्रबार १३ असार, २०८२
Friday, June 27, 2025

कैलालीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

धनगढी- कैलालीमा मोटरसाइकल दुर्घटना हुँदा सोमबार एक जनाको मृत्यु भएको छ । 

गौरीगंगा नगरपालिका-३ कुचैनीस्थित पूर्व-पश्चिम राजमार्गमा पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको से ३ प १४१७ नम्बरको मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना भएको हो ।

दुर्घटनामा चालक धनगढी उपमहानगरपालिका-१४ का ४५ वर्षीय कुते सार्कीको मृत्यु भएको छ । मोटरसाइकल पछाडि सवार एक जना घाइते भएका छन् । 
मोटरसाइकल पछाडि सवार सोही स्थानका ३९ वर्षीय तेजबहादुर सार्कीको सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।