शुक्रबार २३ जेठ, २०८२
Friday, June 06, 2025

कांग्रेस नेता राणाको समन्वयमा बज्रबाराही अस्पताललाई २ वटा भेन्टिलेटर सहयोग

काठमाडौँ : नेपाली कांग्रेस नेता उदयशमशेर राणाको समन्वयमा ललितपुरको बज्रबाराही अस्पताललाई २ वटा भेन्टिलेटर सहयोग गरिएको छ । कोभिड संक्रमणलाई मध्यनजर गर्दै राणाले नेपाल भेन्टिलेटर सर्भिससँग समन्वय गरी ललितपुरको गोदावरी नगरपालिकामार्फत बज्रबाराही अस्पताललाई दुई वटा भेन्टिलेटर  उपलब्ध गराएका हुन् ।

बिहीबार राणाले एक कार्यक्रमकाबीच नगरपालिकाका मेयर गजेन्द्र महर्जनमार्फत भेन्टिलेटर वितरण गरेका हुन् । दोस्रो चरणको कोभिडको महामारी सुरु भएपछि अस्पताललाई सक्रिय र बलियो बनाउन र सेवाग्राहीले राम्रो सेवा पाउन् भन्‍ने उद्देश्यले स्वास्थ्य उपकरण सहयोग गर्दै आएको राणाले बताए ।

‘सहरमा मात्रै नभइ सहरभन्दा बाहिर पनि कोभिड संक्रमण फैलिएकोले स्वास्थ्यको जोखिम ख्याल गर्दै भेन्टिलेटर बज्रबाराही अस्पताललाई उपलब्ध गराइएको हो,’ उनले भने । जनशक्तिको सीमितताले ठूलोको सट्टा सानो खालको भेन्टिलेटर उपलब्ध गराइएको राणाको भनाइ छ ।

उक्त भेन्टिलेटर बज्रवाराही चापागाउँ अस्पतालले आजैदेखि प्रयोगमा ल्याएको छ । कोरोना संक्रमितको संख्या बढेसँगै अक्सिजन, आइसियू तथा भेन्टिलेटरको अभावमा संक्रमितको ज्यान गइरहेको अवस्थामा भेन्टिलेटर सञ्चालनमा आएपछि नागरिकको जीवन रक्षामा मद्दत पुग्ने अस्पतालको विश्वास छ ।

प्लास्टिक प्रदूषण नियन्त्रण गर्नु सबैको दायित्व हो : राज्यमन्त्री विक

प्लास्टिक प्रदूषण नियन्त्रण गर्नु सबैको दायित्व हो : राज्यमन्त्री विक

व्यवस्थित सहर बनाउन सहरी विकास मन्त्रालयले योजना बनाएको छ : उपप्रधानमन्त्री सिंह

व्यवस्थित सहर बनाउन सहरी विकास मन्त्रालयले योजना बनाएको छ : उपप्रधानमन्त्री सिंह

‘जलवायु परिवर्तनले हाम्रो हिमशृङ्खला जोखिममा परेको छ’

‘जलवायु परिवर्तनले हाम्रो हिमशृङ्खला जोखिममा परेको छ’

घरघरमा टेलिभिजन हेर्न सकिनेगरी फोरजी सेवा सञ्चालन गर्दैछौँ: मन्त्री गुरुङ

घरघरमा टेलिभिजन हेर्न सकिनेगरी फोरजी सेवा सञ्चालन गर्दैछौँ: मन्त्री गुरुङ

स्वदेशी उत्पादन वृद्धि गरी निर्यात बढाऔंः उद्योग मन्त्री भण्डारी

स्वदेशी उत्पादन वृद्धि गरी निर्यात बढाऔंः उद्योग मन्त्री भण्डारी

त्रिविले स्नातक तहमा भर्ना रोकेर अन्याय गरेको भन्दै स्ववियु नेताहरूको आपत्ति

त्रिविले स्नातक तहमा भर्ना रोकेर अन्याय गरेको भन्दै स्ववियु नेताहरूको आपत्ति

अध्यक्ष नेपालमाथि राजनीतिक पूर्वाग्रह साँध्योः वरिष्ठ नेता भुसाल

अध्यक्ष नेपालमाथि राजनीतिक पूर्वाग्रह साँध्योः वरिष्ठ नेता भुसाल

पार्टीमाथीको चौतर्फी आक्रमणलाई सत्य तथ्य प्रवाह गरी जवाफ दिनुपर्छ: महासचिव पोख्रेल

पार्टीमाथीको चौतर्फी आक्रमणलाई सत्य तथ्य प्रवाह गरी जवाफ दिनुपर्छ: महासचिव पोख्र…