गाईघाटमा आगलागी हुँदा करोडौंको क्षति, सात पसल भत्काएपछि बल्ल नियन्त्रणमा

काठमाडौँ - उदयपुरको सदरमुकाम गाईघाटमा आगलागी हुँदा करोडौंको क्षति भएको छ ।
राज अटो पार्टस पसलबाट विद्युत सर्ट भई सुरु भएको आगलागीले पाँच पसलमा पूर्ण क्षति र पाँच पसलमा आंशिक क्षति हुदाँ करिब अढाई करोड बराबरको क्षति भएको हो । आगलागीका कारण राज अटो पार्टस् पसल पूर्ण रुपमा जलेर नष्ट हुँदा अन्दाजी ७० लाख बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।
सोही आगलागीमा ईजिकुल इन्जिनियरिङ सेन्टर पूर्ण रुपमा जली नष्ट हुँदा अन्दाजी ८ लाख, राम उद्धार सहनी माछा पसल पूर्ण रुपमा जली नष्ट हुँदा अन्दाजी १ लाख ५० हजार, पंडित पान पसल पूर्ण रुपमा जली नष्ट हुँदा अन्दाजी ५ लाख, महालक्ष्मी अटो पार्ट्स पूर्ण रुपमा जली नष्ट हुँदा ३० लाख बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय उदयपुरका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक हरिनन्दन चौधरीले जानकारी दिए । उनका अनुसार शाही होटलमा आंशिक क्षति हुँदा ५० हजार, किरण होटल १५ हजार, नरसिंह अटो सेन्टर १५ लाख, चाँदनी साइकल पसलमा ६० हजार र कोसेली घरमा २० हजार बराबरको क्षति पुगेको छ ।
आगो नियन्त्रणमा लिन सो क्षेत्रका ७ वटा पसल स्काभेटर लगाएर भत्काइएको थियो । आगलागीबाट ग्यारेजमा मर्मत गर्न राखिएका नयाँ र पुराना गरी कम्तीमा ५० थान मोटरसाइकल तथा मोटर र लेथ मेसिनसहित विभिन्न यन्त्र उपकरणहरू जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।
आगो नियन्त्रणमा लिन नेपाल प्रहरी, सशस्त्र प्रहरी, त्रियुगा, चौदण्डीगढी नगरपालिका र रौतामाई गाउँपालिकाको दमकलको सहयोगमा स्थानीयले झण्डै डेढ घण्टा लगाएर आगो नियन्त्रणमा लिएका थिए ।

गुल्मीमा हावाहुरीबाट ३६ लाखको क्षति

सुत्केरीको हेलिकप्टबाट उद्धार

तीनकुने घट्ना प्रकरणः यी हुन थप पक्राउ परेका आरोपीहरू

भारतीयलाई नागरिकता दिलाउने वडाअध्यक्षलाई पक्राउ नगर्दा स्थानीयले जलाए गृहमन्त्र…

तीनकुन घट्ना प्रकरणः यी हुन थप पक्राउ परेका १८ जना

तीनकुने घट्ना प्रकरणः यी हुन ४१ जना पक्राउ परेकाहरू ( नाम सहित )

काठमाडौँका यी-यी ठाउँमा भए कर्फ्यूको आदेश

प्रतिक्रिया