उपप्रधानमन्त्री एवं गृहमन्त्री श्रेष्ठ अस्पतालबाट डिस्चार्ज

काठमाडौँ- उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ अस्पतालबाट डिस्चार्ज भएका छन् ।
स्वास्थ्यमा समस्या आएपछि गत मंगलबार शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रमा भर्ना भएका गृहमन्त्री श्रेष्ठ स्वास्थ्य लाभ गरी आइतबार अस्पतालबाट डिस्चार्ज भएका गृह मन्त्रालयका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए । उनका अनुसार गृहमन्त्री श्रेष्ठकाे स्वास्थ्य अवस्था सामान्य रहेको छ ।
गृहमन्त्री श्रेष्ठको मुटुकाे खुम्चिएको नशाको एन्जियोप्लास्टी सर्जरी गरी उपचार गरिएको र स्वास्थ्यमा उल्लेखनीय सुधार भएकाले चिकित्सकको सल्लाह र सिफारिसमा आइतबार अस्पतालबाट डिस्चार्ज भएको प्रवक्ता भट्टराईले जानकारी दिए ।
रास्वपाको महामन्त्रीमा कविन्द्र बुर्लाकोटी, प्रवक्तामा मनिष झा

नेपाल योग भूमिको रूपमा रहेको पुष्टि हुँदैछ : राष्ट्रपति पौडेल

प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची

देशमा बहुआयामिक र चौतर्फी रूपमा विकास गर्दैछौँ : प्रधानमन्त्री ओली

प्राकृतिक प्रकोपपछिको उद्दार र राहतका लागि तयारी रहन कार्यकर्तालाई प्रचण्डको आग्…

इरान-इजरायल युद्ध : नेपाल फर्कन चाहनेलाई सरकारले उद्दार गर्ने

एक रुपैयाँ घटाइयोस् भन्ने प्रस्ताव संसद्मा प्रस्तुत

प्रतिक्रिया