एमालेको सङ्कल्प यात्रा बागमती प्रदेशमा

मलेखु (धादिङ)- नेकपा एमालेको ‘झुलाघाट-चिवाभञ्ज्याङ समृद्धिका लागि सङ्कल्प यात्रा’ बागमती प्रदेश प्रवेश गरेको छ ।
बागमती प्रदेश प्रवेशका क्रममा उक्त टोलीलाई आरुघाटमा भव्य स्वागत गरियो । टोलीलाई पार्टीका नेता तथा कार्यकर्ताले फूलमालाले स्वागत गरेका थिए । एमाले गण्डकी प्रदेशको टोलीले बागमतीको टोलीलाई झण्डा हस्तान्तरण गरी धादिङ प्रदेश गराएको हो ।
बागमती प्रदेश प्रवेश गर्नुअघि गोरखाको आरुघाटतर्फ आयोजित सभालाई सम्बोधन गर्दै अध्यक्ष केपी शर्मा ओलीले पार्टीले सुरु गरेको यस यात्रा लोकतान्त्रिक आचरण र प्रणालीलाई बलियो बनाउनका लागि भएको बताए । राष्ट्रियता, सुशासन र समृद्धिका लागि अभियान प्रभावकारी भएको उनको भनाइ थियो ।
गण्डकी प्रदेशको गोरखा र बागमती प्रदेशको धादिङको सिमाना आरुघाट हुँदै सल्यानटार उक्लिएर आज दिउँसो सो टोली नुवाकोटतर्फ लागेको थियो । नुवाकोट मध्यपहाडी राजमार्गको मध्यविन्दु हो । एक हजार आठ ७९ किलोमिटर लामो राजमार्गको आधा भाग नुवाकोटबाट पूर्व र आधा भाग पश्चिमतर्फ पर्छ ।
सो यात्रामा पार्टी अध्यक्ष ओलीसहित वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्ष विष्णु पौडेल, महासचिव शङ्कर पोखरेल, उपमहासचिव पृथ्वीसुब्बा गुरुङलगायतका नेतालगायत छन् ।
एमालेको समृद्धिका लागि सङ्कल्प यात्राअन्तर्गत सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशको यात्रा गरिसकेको छ । मङ्सिर १४ गते मध्यपहाडी राजमार्गको पश्चिमी सुरुवाती विन्दु बैतडीको झुलाघाटबाट यात्रा सुरु भएको एमालेको यात्रा पूर्वी सीमाविन्दु पाँचथरको चिवाभञ्ज्याङमा पुगेर टुङ्गिनेछ ।

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

आतंककारी गतिविधिलाई समर्थन गर्न सकिँदैन : शेखर कोइराला

प्रतिक्रिया