हेटौंडाबाट पेस्तोल र १९ राउन्ड गोलीसहित तीनजना पक्राउ

हेटौंडा- जिल्ला प्रहरी कार्यालय मकवानपुरले पेस्तोल र गोलीसहित तीन जनालाई पक्राउ गरेको छ ।
शुक्रबार हेटौंडा उपमहानगरपालिका-४ हुप्राचौरस्थित एक घरको कोठाबाट सेमी अटो मेटिक पेस्तोल एक थान र गोली १९ राउन्डसहित तीन जना पुरुषलाई प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा हेटौंडा उपमहानगरपालिका-९ बस्ने ३३ वर्षीय निश्चल पौडेल, ३५ वर्षीय गणेश घले र ३० वर्षीय प्रितम क्षेत्री रहेका छन् ।
यही मंसिर १८ गते हेटौंडा-९ धर्मपथस्थित सूर्यप्रसाद पौडेलको घरमा पटका पड्केको जस्तो आवाज आएपछि १९ गते बिहान उनको घरको वरिपरी गोलीको खोका जस्तो वस्तु फेला परेपछि प्रहरीले अनुसन्धान थालेको थियो ।
शुक्रबार पक्राउ परेका उनीहरूलाई जिल्ला प्रहरी कार्यालय मकवानपुरले शनिबार पत्रकार सम्मेलन गरेर सार्वजनिक गरेको छ ।
प्रहरीका अनुसार अनुसन्धानको क्रममा प्रहरीले उक्त घरको पिलर, बिम, रेलिङवालमा गोली लागेको जस्तो दाग फेला पारेको छ ।
प्रहरीले नजिकै रहेको प्रगति स्कुल अगाडिको सडकमा १ राउन्ड गोलीसमेत फेला पारेको थियो ।
पक्राउ परेकाहरूबाट एक थान सेमि अटोमेटिक पेस्तोल, १९ राउन्ड गोली, एक ग्राम चार सय मिलिग्राम लागूऔषध तथा अन्य सामग्रीसहित बरामद गरिएको प्रहरीले जनाएको छ ।

आषाढ शुक्ल पूर्णिमाः गुरु पूर्णिमा र व्यास जयन्ती मनाइँदै

राशिफलमा यस्तो आज तपाईंको भाग्य

रसुवा बाढी : मृत्यु भएका आठ जनाको शव काठमाडौँ ल्याइयो, एक जनाको आजै अन्त्येष्…

झापामा सवारी दुर्घटनामा दुईको मृत्यु, दुई घाइते

थुनिएको म्याग्दी नदी बग्न थाल्यो

जुवातास खेलिरहेको अवस्थामा आठ जना पक्राउ

कलैया-वीरगञ्ज सार्वजनिक यातायात सेवा ठप्प

प्रतिक्रिया