सोमबार २३ असार, २०८२
Monday, July 07, 2025

पुटिनले सन् २०२४ मा राष्ट्रपतिको चुनाव लड्ने

फाइल तस्बिर

रुसी राष्ट्रपति भ्लादिमर पुटिनले आगामी वर्षको निर्वाचनमा भाग लिने आफ्नो योजना प्रस्तुत गरेका छन् । पुटिन र रूसको विशेष सैन्य अप्रेशनका सहभागीहरूबीचको अनौपचारिक वार्तालापको क्रममा यो घोषणा गरिएको हो । 

जहाँ उनले रूसका सेनाहरूलाई गोल्ड स्टार पदक प्रदान गरेका थिए । बिहीबार रूसको संघ परिषद् वा संसदको माथिल्लो सदन मार्च १७, २०२४ मा अर्को राष्ट्रपति चुनाव गर्न सर्वसम्मतिले मतदान गरेको थियो । सिन्ह्वा