ठगी मुद्दामा जनप्रतिनिधिसहित चार पक्राउ

कास्की- पोखराका एक जनप्रतिनिधि ठगी मुद्दामा पक्राउ परेका छन् । पोखरा महानगरपालिका–६ का वडा सदस्य ४२ वर्षीय दीपेन्द्र पहारीसहित चार जनालाई कास्की प्रहरीले ठगीसम्बन्धी मुद्दामा पक्राउ गरेको हो ।
पर्यटकीय क्षेत्र लेकसाइडस्थित फुटट्रायकमा फोटोग्राफी व्यवसाय दर्ता गर्ने भनेर १५ जनाबाट प्रतिव्यक्ति रु १३ हजार पाँच सय उठाएर व्यवसाय दर्ता नै नगरी ठगी गरेको भन्ने पीडितको जाहेरीको आधारमा उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी नायब उपरीक्षक एवं प्रवक्ता श्रवणकुमार विकले जानकारी दिए ।
पक्राउ पर्नेमा वडा सदस्य पहारीसहित पोखरा–६ लेकसाइड बैदाम बस्ने ४१ वर्षीय विकास पहारी, लेकसाइडकै २२ वर्षीय प्रवीन विश्वकर्मा र २४ वर्षीय अभिषेक परियार रहेका छन् ।
प्रहरीका अनुसार पीडित व्यक्तिहरुको जाहेरीको आधारमा जिल्ला प्रहरी कार्यालय कास्की र वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई नियन्त्रणमा लिएको हो । प्रहरीले ठगीमा सङ्लग्न अन्यको खोजी भइरहेको जनाएको छ ।
पक्राउ परेकालाई जिल्ला अदालतबाट ठगी, आपराधिक विश्वासघात तथा आपराधिक लाभसम्बन्धी मुद्दामा १० दिनको म्याद थप गरी अन्य अनुसन्धान प्रक्रिया अघि बढाइएको प्रनाउ विकले जानकारी दिए ।

किसानलाई प्रविधिमैत्री बनाउन अनुदानमा हाते ट्र्याक्टर

कालीगण्डकीमा व्यावसायिक अकबरेखेती

एक करोड लागतमा वडा कार्यालय भवन निर्माण
_lIRBKTvhKN_xidrqek8crpz0iwt1hmfvltxeimzlkq7h9o201umyzks29wlrakal8xoz4oa_N8QGZop7In_lfiyczv0bd7qr59hll1wiilgfn3spe5cbwzou2y4jsatsabzxft3415jji6t.jpg)
नौ वर्षमा टुङ्गियो गाउँपालिकाको केन्द्र

दुई करोड ३१ लाखमा बन्यो झोलुङ्गे पुल

किसानलाई २२ प्रजातिका बिरुवा वितरण

मुस्ताङमा वायु गुणस्तर मापन केन्द्र स्थापना

प्रतिक्रिया