प्रवासी नेपालीद्वारा स्वास्थ्य उपकरण प्रदान

काठमाडौँ : बङ्गलादेशमा रहेका प्रवासी नेपालीले नेपाल सरकारको कोभिड-१९ विरुद्धको लडाइँमा सघाउन स्वास्थ्य उपकरण एवं सामग्री प्रदान गरेका छन् । ढाकास्थित नेपाली राजदूतावासमा बुधबार आयोजित एक संक्षिप्त कार्यक्रममा प्रवासी नेपालीका तर्फबाट टीका लिम्बूले बङ्गलादेशका लागि नेपाली राजदूत डा वंशीधर मिश्रलाई १० थान अक्सिजन कन्सन्ट्रेटर, १० थान अक्सियोथेरापी, पाँच सिपिएसी र १० थान हुमिडीफायर हस्तान्तरण गरेका हुन् ।
त्यस अवसरमा राजदूत मिश्रले कोरोना महामारीविरुद्धको मातृभूमिको लडाइँमा सहायता गरेकामा प्रवासी नेपालीप्रति कृतज्ञता ज्ञापन गरे । रासस

नेशनल बाथरोग सेन्टरले मनायो १२औँ वार्षिकोत्सव, पाँच लाखभन्दा बढी बिरामीलाई स…

धनगढीमा स्पा तथा वेलनेस थेरापी तालिम सुरु,स्पा र वेलनेस क्षेत्रमा अवसर बढ्दै
भारतबाट फर्केका तीन जनामा कोरोना पुष्टि

राष्ट्रिय स्वास्थ्यकर्मी महासंघको अध्यक्षमा डा. सन्तोष पौडेल
मुस्ताङका चार पालिका ‘पूर्ण खोप सुनिश्चितता तथा दिगोपना’ घोषणा

राप्ती प्रादेशिक अस्पतालः अनुमतिभन्दा बढी शय्या सञ्चालनले समस्या

मस्तिष्क मृत्यु भएका व्यक्तिबाट मिर्गौला र कलेजोको सफल प्रत्यारोपण

प्रतिक्रिया