पोखरामा प्याराग्लाइडिङ दुर्घटना, एक जनाको मृत्यु

पोखरा : पोखरामा प्याराग्लाइडिङ दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन् । दिउँसो १ः ४० बजे प्याराग्लाइडिङ दुर्घटना हुँदा पोखरा २८ का २९ वर्षीय राजु गैह्रै नेपालीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता डिएसपी सुवास हमालले जानकारी दिए ।
हमालकाअनुसार गैह्रेको उपचारका क्रममा मेट्रोसिटी अस्पतालमा मृत्यु भएको हो । दुर्घटनामा काठमाडौं बुढानीकण्ठकी २८ वर्षीया सिला श्रेष्ठ गम्भीर घाइते भएकी छन् । घाइते श्रेष्ठको अवस्था गम्भीर छ । उनलाई हेलिकप्टरमार्फत काठमाडौं लैजाने तयारी भइरहेको छ ।
ल्याण्डिङ गर्ने क्रममा प्याराग्लाइडिङ दुर्घटना भएको हमालको भनाइ छ ।
ओखरबोटको तामाखानी उत्खननका लागि अध्ययन सुरु

७० रोपनी क्षेत्रफलमा अङ्गुरखेती
धवलागिरिको केन्द्र जोड्ने सडक स्तरोन्नति गरिँदै

फेवाताल किनारमा ३६० सीमा स्तम्भ गाडिए

विषादी न्यूनीकरणमा जोड दिँदै कृषि ज्ञान केन्द्र

दमौलीमा पानीको हाहाकार : एक गाग्रीका लागि घण्टौँ लाइनमा बस्नुपर्ने

स्थानीय जातका गाई र हालगोरू पाल्ने कृषकलाई अनुदान वितरण

प्रतिक्रिया