आगलागी पीडित परिवारलाई विराटनगर महानगरको सहयोग

मोरङ- विराटनगर महानगरपालिकाले आगलागीमा ज्यान गुमाएका पीडितपरिवार र घाइतेलाई राहत उपलब्ध गराउने भएको छ । बुधबार महानगरपालिका वडा नं-७ सातघुम्तीस्थित कवाडी गोदाममा आगलागी भएको थियो ।
मृत्यु भएका परिवारलाई जनही रु एक/एक लाख तथा घाइतेलाई रु ५०/५० हजार राहत महानगरपालिकाको विपद् व्यवस्थापन कोषबाट उपलब्ध गराउने महानगरका प्रमुख नागेश कोइरालाले जानकारी दिए ।
विराटनगर-७ सातघुम्तीस्थित दुखा मण्डलले सञ्चालन गरेको कवाडी पसलमा बुधबार आगलागी हुँदा विराटनगर-६ का दीपक मण्डल, सुशीला पासवान र सुनिता कामतको मृत्यु भएको थियो । सुशीलाको घटनास्थलमै मृत्यु भएको थियो भने मण्डलको बुधबार उपचारका लागि अस्पताल लैजाने क्रममा विराटनगरमा तथा सुनिता कामतको उपचारको क्रममा काठमाडौँमा मृत्यु भएको थियो ।
घटनामा घाइते भएका विराटनगर-६ का किशोर पासवान, रीता सरदार र कटहरी गाउँपालिकाका-६ की पिंकी कामतको काठमाडौँमा उपचार भइरहेको छ । महानगरले काठमाडौँबाट सुनिताको शव ल्याउने व्यवस्थापन मिलाएको छ । महानगरले कवाडी व्यवसाय र गोदामसहित संवेदनशील व्यवसायलाई व्यवस्थित गर्ने भएको छ ।
महानगरपालिकाले निश्चित स्थान तोकेर मात्रै कवाडी, गोदामलगायत अन्य संवेदनशील व्यवसाय सञ्चालनको अनुमति लिनुपर्ने महानगर प्रमुख कोइरालाद्वारा हस्ताक्षरित विज्ञप्तिमा उल्लेख गरिएको छ । आगामी दिनमा यस प्रकारका संवेदनशील व्यवसायजन्य सुरक्षाको मापदण्डलाई कडाइका साथ अनिवार्य लागू गरिने विज्ञप्तिमा उल्लेख गरिएको छ । रासस

सौहार्द र कान्तिपुर इन्टरनेशनल कलेजको सहकार्यमा प्लस टुका विद्यार्थीलाई अभिमूखी…

दोर्दी गाउँपालिकाले नागरिकको निःशुल्क बिमा गर्ने

प्रहरी महानिरीक्षक थापाले रोपे रूद्राक्ष र निमको रूख

काठमाडौँमा दिक्तेलका मेयरले सुरु गरे ‘सत्याग्रह’

रोटरी क्लब अफ बानेश्वरद्वारा रोटरी वृक्ष तथा फलफूल नर्सरी स्थापना र वृक्षारोपण …

गुल्मीमा आगलागीबाट युवतीको निधन

स्याउखेतीमा कर्म गुरुङको पाँच दशकको यात्रा
_pjm03x6aPm_bwqm9nghrzyn1ey4txktpedmqln52zsnczuu1b6uzquxvnrwocznchlljdi2_kGXZ6ajNij_rgudjoumwxnoesu0chwtj4pazcqqocrstbxinc1r8ntxslaponaf6e9utjln_Hfcp0nsMmx_i4ofjybttpkqywlrknkb1ne1pzdchzpgahamfhcghjjelullxg50kck3pzxw_bVLBpPn2M4_ulwhom1xaedeuc00pmqi1lnqz33i9gfflp6mcocta163mdfdouisblydzije.jpg)
प्रतिक्रिया