शुक्रबार २३ जेठ, २०८२
Friday, June 06, 2025

'नेपालमा कोभिडको नयाँ भेरियन्ट भाइरस भेटिएको छैन'

बेलायतस्थित दूतावासले भन्यो : डेली मेललाई स्पष्टीकरण सोध्छौं

काठमाडौँ : बेलायतको ट्याबलोइट पत्रिका 'डेली मेल' ले नेपालमा नयाँ भेरियन्ट फैलिएको खबर सार्वजनिक गरेपछि यसविषयले चर्चा पाएको छ ।  नेपाल सरकारले भने कोभिड-१९ को कुनै पनि नयाँ भाइरस फेला नपरेको र यो खबर झुट भएको दाबी गरेको छ । 

नेपालमा भारत र बेलायतमा भेटिएको भाइरसमात्रै नेपालमा फेला परेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह-प्रवक्ता डा. समीर कुमार अधिकारीका अनुसार दुई साताअघि भारतमा फेला परेको भाइरस मात्र नेपालमा देखिएको हो ।

'पछिल्लो समय नेपालमा देखिएका संक्रमितममा भारतमा देखा परेको भाइरस पुष्टि भएको छ,' उनी भन्छन,'यसबारे अन्तरराष्ट्रिय विश्‍व स्वास्थ्य संगठन (आइएचआर)लाई जानकारी गराइसकेको छौं । यदि नयाँ भाइरस देखिएको भए त्यसमा दर्ता भइसकेको हुन्थ्यो ।' उनले नेपालमा अन्य कुनै पनि नयाँ प्रकृतिको भाइरस फेला नपरेको बताए । उनले‍ सञ्‍चारमाध्यममा अफवाह समाचार फैलाइएको बताए ।

बेलायतस्थित नेपाली राजदूतावासले नेपालको नाम जोडिएर भाइरस फैलिएको विषयको समाचार बेलायती सञ्‍चार माध्यममा आएपछि आपत्ति जनाएको छ । नेपालस्थित स्वास्थ्य मन्त्रालयको पत्रको दूतावासले पर्खिरहेको दूतावासकी प्रवक्ता रोशन खनालले इकागजसँग भनिन् ।

बेलायत सरकारको कोभिड 'फोकल पर्सन'लाई यस विषयमा नेपाली दूतावासले ध्यानाकर्षण गराइसकिएको खनालको भनाइ छ ।  कोभिडसँग सरोकार राख्‍ने सरकारी निकाय र अन्य संस्थालाई पनि नेपालमा नयाँ प्रकृतिको भाइरस नरहेकाे सन्देश पुर्‍याएको पनि उनले बताइन् ।

'ट्याबलोइट पत्रिकाले समाचार प्रकाशन गरेको छ, बेलायत जस्तो मुलुकमा पुष्टि नभएको समाचार प्रकाशन भएकोप्रति दुखी छौँ,' उनले भनिन,' समाचार संस्थालाई हामी यसबारेमा सोध्‍ने छौँ । चित्तबुझ्दो जवाफ नआए हामी प्रेस काउन्सिल र अदालत पनि जानेछौँ ।' 

नेपालस्थित विश्‍व स्वास्थ्य संगठनले कोभिडको नयाँ भाइरस फेला नपरेको जनाएको छ । डेल्टा,कप्पा र अल्फा जस्ता भाइसर मात्र देखापरेको छ । पछिल्लो समय तीव्र रुपमा 'डेल्टा' नामक भाइरस फैलिएको छ ।

 

नेपालका लागि केन्याका राजदूत मून्यीरीद्वारा ओहोदाको प्रमाणपत्र प्रस्तुत

नेपालका लागि केन्याका राजदूत मून्यीरीद्वारा ओहोदाको प्रमाणपत्र प्रस्तुत

प्रधानमन्त्रीसँग नेपालका लागि जापानी राजदूतको शिष्टाचार भेट

प्रधानमन्त्रीसँग नेपालका लागि जापानी राजदूतको शिष्टाचार भेट

मन्त्री यादव र नेपालका लागि जापानका राजदूत तोरुबीच भेटवार्ता

मन्त्री यादव र नेपालका लागि जापानका राजदूत तोरुबीच भेटवार्ता

परराष्ट्रमन्त्री डा देउवा र भारतीय विदेशमन्त्रीबीच द्विपक्षीय भेटवार्ता

परराष्ट्रमन्त्री डा देउवा र भारतीय विदेशमन्त्रीबीच द्विपक्षीय भेटवार्ता

परराष्ट्रमन्त्री र मल्दोभाका उपप्रधानमन्त्रीबीच भेटवार्ता

परराष्ट्रमन्त्री र मल्दोभाका उपप्रधानमन्त्रीबीच भेटवार्ता

परराष्ट्रमन्त्रीद्वारा युक्रेनका विदेशमन्त्रीसँग वार्ता :युक्रेनी सेनाको कब्जामा रहेका सात नेपालीलाई मुक्त गर्न माग

परराष्ट्रमन्त्रीद्वारा युक्रेनका विदेशमन्त्रीसँग वार्ता :युक्रेनी सेनाको कब्जामा रह…

परराष्ट्रमन्त्री डा राणा नयाँ दिल्लीमा, भारतीय विदेशमन्त्रीसँग भेट्ने

परराष्ट्रमन्त्री डा राणा नयाँ दिल्लीमा, भारतीय विदेशमन्त्रीसँग भेट्ने

प्रधानमन्त्री र इजिप्टका राष्ट्रपतिबीच टेलिफोन संवाद, विपिनको रिहाइका लागि आग्रह

प्रधानमन्त्री र इजिप्टका राष्ट्रपतिबीच टेलिफोन संवाद, विपिनको रिहाइका लागि आग्रह