बुधबार ०७ साउन, २०८२
Wednesday, July 23, 2025

विश्व बैंकसँग सहायता सम्बन्धी वार्ता गर्न सरकारले अख्तियारी दिने

फाइल तस्बिर

काठमाडौँ- सरकारले विश्व बैंकबाट पहिलो चरणका लागि प्राप्त सहायता सम्बन्धी वार्ता गर्नका लागि टोली गठन गर्न अख्तियारी दिने निर्णय गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले यस्तो निर्णय गरेको हो ।

विश्व बैंकबाट प्रादेशिक तथा स्थानीय सडक उद्धार कार्यक्रम पहिलो चरणका लागि प्राप्त सहायता सम्बन्धी वार्ता गर्नका लागि अर्थ मन्त्रालयका सहसचिवको संयोजकत्वमा वार्ता टोली गठन गर्न अख्तियारी दिने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं सरकारकी प्रवक्ता रेखा शर्माले जानकारी दिइन् ।