स्वास्थ्य मन्त्रालयको दाबी : पीसीआर परीक्षण घटाइएको छैन
काठमाडौँ : गत हप्तादेखि बुधबारसम्मको पीसीआर परीक्षणको दर घट्न थालेपछि सबैतिर यसबारे चासो देखिएको छ । बुधबार मात्र १६ हजार ८७८ वटा स्वाव नमुना परीक्षण गर्दा ५ हजार ३१६ जनामा संक्रमण रहेको पुष्टि भएको हो ।
यो परीक्षणमा गएको नमुनाहरुको ३१.४९ प्रतिशत हो । यस्तै मृत्युको संख्या १०० जनाभन्दा माथि छ । यसरी परिक्षण गर्ने दर घट्न थालेपछि संक्रमणको जोखिममा नै निषेधाज्ञा हटाउने रणनीति लिएको हो कि भनेर शंका गर्न थालिएको छ । यसै विषयमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता एवं इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका प्रमुख डा.कृष्ण प्रसाद पौडेलले पीसीआर परीक्षण नघटेको बताएका छन् ।
डा. पौडेलले संक्रमणका लक्षण भएका व्यक्ति परिक्षण गर्न नआएको अथवा निषेधाज्ञाको कारण परिक्षण केन्द्र सम्म जान नसकेको मुख्य कारण हुनसक्ने बताए । सरकारले पीसीआर परीक्षण घटाउने नभइ बढाएको साथै एन्टीजेन परीक्षण पनि ७७ वटा जिल्लामा पुगिसकेको बताए ।

नेशनल बाथरोग सेन्टरले मनायो १२औँ वार्षिकोत्सव, पाँच लाखभन्दा बढी बिरामीलाई स…

धनगढीमा स्पा तथा वेलनेस थेरापी तालिम सुरु,स्पा र वेलनेस क्षेत्रमा अवसर बढ्दै
भारतबाट फर्केका तीन जनामा कोरोना पुष्टि

राष्ट्रिय स्वास्थ्यकर्मी महासंघको अध्यक्षमा डा. सन्तोष पौडेल
मुस्ताङका चार पालिका ‘पूर्ण खोप सुनिश्चितता तथा दिगोपना’ घोषणा

राप्ती प्रादेशिक अस्पतालः अनुमतिभन्दा बढी शय्या सञ्चालनले समस्या

मस्तिष्क मृत्यु भएका व्यक्तिबाट मिर्गौला र कलेजोको सफल प्रत्यारोपण

प्रतिक्रिया