आमिर खान फसे २४ घण्टासम्म मिचोङ्ग आँधीमा

मुम्बई- चक्रवात मिचोङ्गले चेन्नईमा ठूलो क्षति पुर्याएको छ । यतिबेला सिंगो सहर पानीमा डुबेको देखिन्छ ।
यसैबीच चेन्नईबाट अर्को खबर आएको छ कि बलिउड अभिनेता आमिर खान पनि पछिल्लो २४ घण्टामा यो आँधीमा फसेका छन् । उनीसँगै अभिनेता विष्णु विशाल पनि छन् ।
वास्तवमा हालै सामाजिक सञ्जालमा केही तस्बिरहरू बाहिर आएका छन् । जसमा फायर एण्ड रेस्क्यू डिपार्टमेन्टले आमिर खानलाई बचाएको र उद्दार गरेको देखिएको छ । आमिरसँगै अभिनेता विष्णु विशाल पनि आँधीमा फसेका छन् । उनीहरू दुवैलाई २४ घण्टापछि सकुशल बाहिर निकालिएको छ ।
विष्णु विशालले आफैँले आफ्नो एक्स अकाउन्टमा केही तस्बिर सेयर गरेर यो जानकारी दिएका छन् । आमिर खान र उद्धार विभागसँगका केही तस्बिरहरू सेयर गर्दै विष्णु विशालले क्याप्सनमा लेखेका छन्, ‘हामीजस्ता फसेका मानिसहरूलाई मद्दत गरेकोमा अग्नि तथा उद्धार विभागलाई धन्यवाद र निरन्तर काम गर्ने सबै प्रशासनिक व्यक्तिहरूलाई पनि धन्यवाद ।’ तस्बिरमा आमिर र विष्णु डुंगामा बसेको देखिएका छन् ।
आमिर खानको वर्कफ्रन्टको कुरा गर्ने हो भने, अभिनेता अन्तिम पटक फिल्म ‘लाल सिंह चड्ढा’ मा देखिएका थिए । फिल्ममा उनको साथमा करिना कपुर देखिएकी थिइन् । तर फिल्मले बक्स अफिसमा निकै खराब हालतमा थियो । त्यसपछि अभिनेताले केही समयको लागि अभिनयबाट ब्रेक लिए ।

‘धुरन्धर’ को ‘फस्टलुक’ सार्बजनिक भए लगत्तै रणवीरको डनः ३ बारे आयो नयाँ अपडेट

बबि देओलले गरे जवान निर्देशक एटलीसँग सहकार्य, देखिनेछन् डरलाग्दो रूपमा

चलचित्र ‘जनै हराएको मान्छे' : सम्बन्धका धागाहरू’ को पोस्टर सार्वजनिक

अभय दुवाडीको स्वरमा `माछा खोलीमा´ सार्वजनिक

रङ्गकर्मी मणि कुलुङको नाटक ‘हराएको कुकुर’ शनिबारदेखि मण्डला थियटरमा

असार

अछाम-बाजुरा निर्वाचन क्षेत्रको पहिलो सांसद बूढथापाको स्मृतिग्रन्थ लोकार्पण

प्रतिक्रिया