‘दि नेपाल डिस्टीलरिज’ ले ४० यूपी सेगमेन्टको प्रिमियम मदिरा ब्राण्ड बजारमा ल्याउने

काठमाडौँ- नेपालको पहिलो मदिरा उत्पादक कम्पनी ‘दि नेपाल डिस्टीलरिज’ ले आफ्ना उपभोक्ताको माग र आकर्षणलाई ध्यानमा राख्दै ४० यूपी सेगमेन्टको प्रिमियम मदिरा ब्राण्ड बजारमा ल्याउने भएको छ ।
४० यूपीको मदिरामा एबीभी (अल्कोहलको मात्रा) ३४.२३ प्रतिशत रहेको हुन्छ । यस्तो उत्पादनको अन्तशुल्क २५ वा ३० यूपीको तुलनामा निकै नै कम भएका कारण पछिल्लो समय यसतर्फ उत्पादकहरूको आकर्षण छ । अन्तशुल्क कम भएकै कारण यो सेगमेन्टको मदिराको मूल्य पनि उपभोक्तामैत्री छ ।
यो सेगमेन्टमा बलियो उपस्थिति जनाउने प्रतिबद्धतासहित प्रिमियम मदिरा ब्राण्ड बजारमा ल्याउने तयारी अन्तिम चरणमा पुगेको कम्पनीका महाप्रबन्धक शुभाष लामिछानेले जानकारी दिए ।
‘नेपाली मदिरा बजारमा ४० यूपी सेगमेन्टमा प्रिमियम मदिराको माग धेरै छ । त्यसैले एकदमै उचित मूल्यमा आफ्ना उपभोक्ताहरूलाई कसरी प्रिमियम मदिरा उपलब्ध गराउन सकिन्छ भनेर हामीले बजारको पर्याप्त अध्ययन गरेका छौं,’ लामिछानेले भने, ‘दुई वर्षभन्दा बढी समयसम्म गरिएको अध्ययन र उपभोक्ताहरूको प्रतिक्रियालाई आधार मानेर चाँडै ४० यूपी सेगमेन्टको ह्वीस्की फ्लेभर र रम फ्लेभरको प्रिमियम मदिरा बजारमा ल्याउने घोषणा गर्दछौं ।’
नेपाल डिस्टीलरिजले मुख्य रूपमा २५ र ३० यूपीको मदिरा उत्पादन गर्दै आएको छ । कम्पनीको पोर्टफोलियोमा आफ्ना उत्कृष्ट उत्पादनहरू खुकुरी रम र न्यूड सुपेरियर भोड्का समावेश छन् ।
लोकप्रिय ब्राण्ड ‘खुकुरी रम’ नेपालबाट विभिन्न देशमा सबैभन्दा बढी निर्यात हुने मदिराजन्य उत्पादन हो । यसले लामो समयदेखि विदेशी मुद्रा आर्जनमा समेत टेवा पुर्याउँदै आएको छ ।

नेपालमा दुई नयाँ ट्याब्लेट, शाओमी प्याड ७ र रेड्मी प्याड २ को प्रि बुकिङ खुल्ला

एचएमडी क्रेस्ट म्याक्स फाइभजी नेपाली बजारमा, के-के छ सुविधा ?

एप्पलले चीनबाट उत्पादन बन्द गर्ने, अब अमेरिकामा बोकिने आइफोनमा लेखिनेछ 'मेड …

पकेटमा रकेट : रेडमी ए५ नेपालमा सार्वजनिक, के-के छ विशेषता ?

म्याकडोडो ब्रान्डका पाँच नयाँ प्रोडक्टहरू सार्वजनिक, कति पर्छ मूल्य ?

शाओमी १५ अल्ट्रा भव्य रूपमा नेपालमा सार्वजनिक

अन्तर्राष्ट्रियस्तरको स्किन तथा हेयर ट्रिटमन्ट डिभाइस 'भिभाची' को केकी र रेखाद्वा…

प्रतिक्रिया