३ वर्षपछि अभिनयमा फर्किइन् टेलर स्विफ्ट

लसएन्जल्स : लगभग तीन वर्षपछि टेलर स्विफ्टले नयाँ फिल्म साइन गरेकी छिन् । सन् २०१९ मा रिलिज भएको ‘क्याट्स’ सुपरफ्लप भए पछि टेलर गायनमा मात्र केन्द्रित थिइन् । त्यता उनले दुई एल्बम सार्वजनिक गरेकी छिन् । जसमध्ये पछिल्लो फिल्म ‘फ्लोकलोर’ले उनलाई थुप्रै अवार्ड दिलाएको थियो ।
टेलरले सम्झौता गरेको फिल्म डेभिड ओ रसेलले निर्देशन गर्नेछन् । फिल्ममा स्टार कलाकारको भिड रहने हलिउड रिपोर्टरले समाचार छापेको छ । हलिउड रिपोर्टरका अनुसारमा फिल्म टेलरसँथै क्रिश्चियल बेल, मार्गोट रबी, रमि मलिक, अन्या टेलर जोय, रबर्ट डी निरो आदि कलाकारको पनि अभिनय रहनेछ ।
फिल्मको नाम औपचारिक रुपमा घोषणा गरिएको छैन तर विकीपेडियाका अनुसार रसेलले निर्देशन गर्ने यो सिनेमाको नाम ‘क्यान्टरबरी ग्लास’ राखिएको छ । फिल्मको विधा पिरियड कमेडी रहेको पनि विकीले लेखेको छ । रसेल आफैं ६ वर्ष पछि निर्देशनमा फर्कन लागेका हुन् । उनले जेनिफर लरेन्सलाई लिएर सन् २०१५ मा ‘जोय’ बनाएयता कुनै फिल्म निर्देशन गरेका थिएनन् ।

गायिका चौहान ‘साइबर ब्युरो’ गएपछि...

‘धुरन्धर’ को ‘फस्टलुक’ सार्बजनिक भए लगत्तै रणवीरको डनः ३ बारे आयो नयाँ अपडेट

बबि देओलले गरे जवान निर्देशक एटलीसँग सहकार्य, देखिनेछन् डरलाग्दो रूपमा

चलचित्र ‘जनै हराएको मान्छे' : सम्बन्धका धागाहरू’ को पोस्टर सार्वजनिक

अभय दुवाडीको स्वरमा `माछा खोलीमा´ सार्वजनिक

रङ्गकर्मी मणि कुलुङको नाटक ‘हराएको कुकुर’ शनिबारदेखि मण्डला थियटरमा

असार

प्रतिक्रिया