काठमाडौँ जिल्ला अपराजित रहँदै क्रिकेट छनोट प्रतियोगिताको च्याम्पियन

काठमाडौँ- प्रधानमन्त्री कप महिला क्रिकेट प्रतियोगिताको बागमती छनोटअन्तर्गत काठमाडौँ जिल्ला च्याम्पियन बनेको छ ।
सोमबार ललितपुर जिल्लालाई चार विकेटले पराजित गर्दै काठमाडौँ छनोट प्रतियोगिताको च्याम्पियन बनेको छ ।
चितवनको गौतम बुद्ध क्रिकेट मैदानमा भएको खेलमा ललितपुरले दिएको ५५ रनको लक्ष्य काठमाडौँले १६ ओभर १ बलमा ६ गुमाउँदै पूरा गर्यो ।
काठमाडौँलाई जित दिलाउन कप्तान अस्मिना कर्माचार्यले अविजित १३ रनको योगदान गरिन् । ललितपुरका लागि यशु पाण्डे र सविकाकुमारी यादवले समान दुई-दुई विकेट लिए ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको ललितपुरले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै ५४ रन जोड्यो ।
ललितपुरका लागि सविकाकुमारी यादवले १४ र यशु पाण्डेले १३ रन जोडे । काठमाडौँका लागि विपिशा शाही र खुसी डंगोलल समान तीन विकेट लिए ।
प्रतियोगितामा काठमाडौँकी खुसी डंगोल सर्वोकृष्ट खेलाडी तथा उत्कृष्ट बलर तथा अस्मिता खरेल उत्कृष्ट ब्याटर घोषित भए ।

रोहित पौडेलको नेतृत्वमा नेपाली टोलीले स्कटल्याण्डमा खेल्ने

बीसीसीआई समक्ष विराट कोहलीले भने- अब टेस्ट क्रिकेटबाट सन्यास लिन्छु

अष्ट्रेलियाका पूर्वक्रिकेटर म्याकगिल कोकिन मुद्दामा दोषी ठहर, तोकियो सजाय

क्रिकेट छाडेर भारतीय सेनाका कर्णेल धोनी भारत-पाकिस्तानको युद्धमा जाँदैछन् ?

नेपाली महिला क्रिकेट आज बहराइनसँग भिड्दै

भारतीय क्रिकेटर शिखर धवन प्रेममा

प्रतिक्रिया