कैलालीमा ३१ गतेसम्म थपियो निषेधाज्ञा
धनगढी : कैलालीमा जारी निषेधाज्ञा लम्बिएको छ। जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको बैठकले बैशाख १६ गतेदेखि थप्दै आएको निषेधाज्ञा जेठ ३१ गतेसम्म जारी राख्ने सिफारिस गरेपछि प्रशासनले निर्णय गरेको कार्यालयका सूचना अधिकारी शिवराज जोशीले बताए ।
उनका अनुसार यो अवधिमा बैंक तथा वित्तीय संस्थाहरु बिहान ७ बजेदेखि दिउँसो ११ बजेसम्म ५० प्रतिशत मात्र कर्मचारीको उपस्थितीमा जनस्वास्थ्यका मापदण्डहरुको कडाइका साथ पालना गरी सञ्चालन गर्न सकिने छ ।
यस्तै तरकारी, फलफूल, खाद्यान्न, दूध डेरी, मासु, खानेपानी, ग्याँस पसलहरु, किराना पसल र डिपार्टमेन्टल स्टोर आइतबार, मंगलबार, विहीबार र शनिबार बिहान ७ बजेदेखि बिहान १० बजेसम्म खुला गर्न पाउने निर्णय भएको छ ।
त्यस्तै विवाह व्रतबन्धको हकमा बढीमा ७ जनासम्म सहभागी हुने, त्यसैगरी अत्यावश्यक सामग्री बोकेका ढुवानीका सवारी साधन, विरामी तथा कुरुवा बढीमा २ जना बोकेका एम्बुलेन्स, स्वास्थ्यकर्मी, पशु स्वास्थ्यकर्मी तथा सुरक्षा निकायले प्रयोग गर्ने सवारी साधनबाहेक अन्य सार्वजनिक एवम् निजी सवारी साधन सञ्चालनमा रोक लगाउने निर्णय समेत भएको सूचना अधिकारी जोशीले जानकारी दिए ।

कैलालीमा नक्षत्र वाटिका

भीरबाट लडेर महिलाको मृत्यु
_0Q0VUv201A_kvt31x87ukqaspt0vuudke45gt9vmpatmrq9ftfj2i8m6kiog2bq3yjrovlf_AFNUDpsKj6_15if3eshn3xxhedwwlg1hta5ucdhylnbxyernldnltz7aqcrujv0uuzzmnww_uYo6SbrWTv_rumxl2apwoyuvflfztwpvdgjc9ydofrmgqonrriyntgyhlvgnyzoem7wzd7a_htbscOYam3_lbhrjdthtfl1mzmhm7x8kogur1u27grexrt0tph9koshzgkpdbphsc5rgu2t.jpg)
बाढीको जोखिममा रहेका घरमा रातो झण्डा

पुर्ख्यौली सीप बोकेका गङ्गाराम भन्छन्- आत्मनिर्भर हुनका लागि मेसिन अनुदानमा पाउ…

कैलालीमा सुत्केरी मृत फेला

ढुङ्गा लागेर घाइते प्रहरी जवानको उपचारका क्रममा मृत्यु

सुर्नयामा ठेउला सङ्क्रमणबाट बालबालिका प्रभावित

प्रतिक्रिया