रत्नपार्कको नाम बदल्नु दुई कारणले अनुचितः राप्रपा

काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टीले रत्नपार्कको नाम बदल्ने काठमाडौं महानगरपालिकाको निर्णय फिर्ता लिन माग गरेको छ । राप्रपाले सोमबार एक विज्ञप्ति जारी गर्दै उक्त निर्णय अविवेकी र गलत रहेको भन्दै फिर्ता लिन माग गरेको हो ।
राप्रपा अध्यक्षत्रय कमल थापा, पशुपतिशमशेर राणा र प्रकाशचन्द्र लोहनीद्वारा सोमबार जारी संयुक्त विज्ञप्तिमा भनिएको छ, ‘हाल महानगरपालिकाले रत्नपार्कको नाम बदल्ने निर्णय अविवेकी र गलत छ । हाम्रो माग छः शंखधरको नामबाट अझ भव्य सांस्कृतिक ऐतिहासिक संरचना बनाइयोस् त्यस बखत मात्र उनीप्रति हामीले सही रुपमा सम्मान गरेको ठहरिनेछ । यस परिप्रेक्षमा काठमाडौं महानगरपालिकाको वर्तमान अविवेकी निर्णय तुरुन्त फिर्ता गरियोस् ।’
रत्न पार्कको नाम बदल्नु दुई कारणले अनुचित भएको राप्रपाले जनाएको छ । विज्ञप्तिमा अगाडि भनिएको छ , ‘पहिलो यो कार्यले मुमा बडामहारानी रत्नप्रति अन्याय भएको छ । दोश्रो, यो नामाकरणले नेपालको मौलिक संस्कृतिका एक धरोहरको अवमुल्यन गरेको छ ।’

जनतालाई अनावश्यक रूपमा निराश बनाउनु एक प्रकारको अपराध हो : प्रधानमन्त्री ओली

भोलि लिङ्देन, थापा, सुवेदी, विष्टले सामुहिक आन्दोलनको घोषणा गर्ने

नीति तथा कार्यक्रममा एआईलाई विधेयकमा समेट्ने बाहेकको नयाँ योजना छैनः सांसद …

बैंक नोटबाहेक छपाइका सबै काम नेपालमै शुरु : सञ्चारमन्त्री गुरुङ

सरकारको नीति तथा कार्यक्रम निराशाजनक, कर्मकाण्डी र औचित्यहीनः सांसद यादव

पुरातन शैली र नेतृत्व वाधक नबनिदिए मुलुक आफैं बन्छ : विराजभक्त श्रेष्ठ

हामी आफ्नै आत्मरतिमा रमायौंः गौतम

प्रतिक्रिया