शुक्रबार ०२ जेठ, २०८२
Friday, May 16, 2025

टी-ट्वान्टी सिरिजः भारत र अस्ट्रेलियाबीचको अन्तिम खेल आज

काठमाडौँ- घरेलु टोली भारत र पाहुना टोली अस्ट्रेलियाबीचको पाँच खेलको टी-ट्वान्टी सिरिजको अन्तिम खेल आज हुँदैछ ।

भारत र अस्ट्रेलियाबीचको अन्तिम खेल बेँग्लुरुस्थित एम चिन्नास्वामी स्टेडियममा नेपाली समयअनुसार साँझ ७:१५ बजेबाट सुरु हुनेछ ।

सिरिज ३-१ ले आफ्नो पक्षमा पारिसकेका कारण भारत आजको खेलमा उच्च मनोबलका साथ मैदानमा उत्रनेछ ।

यता अस्ट्रेलिया भने अन्तिम खेल जित्दै सिरिज अन्त्य गर्न चाहन्छ ।