मोरङ-कटहरी सडक खण्डको निर्माण कार्य रोकिएको एक वर्षपछि पुनः सुरु

मोरङ- मोरङ-कटहरी सडक खण्डको हुलाकी सडकको निर्माण कार्य रोकिएको एक वर्ष पछि पुनः सुरु भएको छ ।
निर्माण कार्य रोकिएको लामो समयपछि सुरु भएको सडक खण्डको निर्माण समयमा सकिने स्थानीयहरूले बताएका छन् । हुलाकी राजमार्गको अन्य क्षेत्रमा निर्माण कार्य भइरहँदा यो सडक खण्डको ठेकेदारले भने काम नगरेर अलपत्र पारेको भन्दै स्थानीयले चक्काजाम र जिल्ला प्रशासन कार्यालय अगाडि धर्ना कार्यक्रम समेत गरेका थिए ।
२०७६ कार्तिक २४ गते काठमाडौँको श्रेष्ठ कन्स्ट्रक्सन कम्पनीले तीन वर्षमा काम सक्ने गरी सो सडक खण्डको ठेक्का पाएको थियो । तोकिएको समयमा काम सम्पन्न नगरेपछि म्याद थप गरिएकोमा श्रेष्ठ कन्स्ट्रक्सनले अर्को ठेकेदारबाट काम गराइरहेको कटहरी गाउँपालिकाका अध्यक्ष देवराज चौधरीले दिए ।
आगामी वैशाखसम्ममा काम सक्ने गरी नयाँ ठेकेदारले काम गरिरहेको र अहिले सडक छेउछाउमा नाला बनाउने कार्य सुरु भएको छ । विगत ३ वर्षमा सो सडक खण्डको करिब २५ प्रतिशत मात्र काम सम्पन्न भएको हुलाकी राजमार्ग योजना कार्यालय इटहरीले जनाएको छ ।
२०७९ कार्तिक मसान्तसम्ममा नै निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको सो सडक खण्डको लागत करिब ८४ करोड रुपैयाँ रहेको छ ।

ठेक्का सम्झौताको सात महिना अगावै पुल निर्माण

कास्की र पर्वत जोड्ने मोटरेबल पुल नौ वर्षसम्म अधुरै

पोखरा-मुग्लिन सडकको पश्चिमतर्फ ४३ प्रतिशत भौतिक प्रगति

कालोपत्रको माग गर्दै सडकमै वडा कार्यालय सञ्चालन

माथिल्लो अरुण जलविद्युत् आयोजनाको पहुँचमार्ग निर्माण सुरु
तीन वर्षदेखि धुलिखेल–खावा खण्डमा यात्रा गर्न सास्ती
धुलिखेल–खावा सडक खण्डको ठेक्का रद्द

प्रतिक्रिया