संघीय संरचना अनुरूप कांग्रेसले पहिलो पटक प्रदेश सम्मेलन गर्दै
काठमाडौँ- नेपाली कांग्रेसले आजबाट लुम्बिनी प्रदेश सम्मेलन गर्ने भएको छ । देश संघीय संरचना गएपछि पहिलो पटक कांग्रेसको लुम्बिनी प्रदेश समितिले यस्तो सम्मेलन गर्न लागेको हो ।
दुई दिन चल्ने सम्मेलनको उद्घाटन समारोहमा पार्टी सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा, वरिष्ठ नेता डा. शेखर कोइराला, महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मालगायतले सम्बोधन गर्ने रहेको लुम्बिनी प्रदेश सभापति अमर सिंह पुनले इकागजलाई बताए ।
‘हामीले पहिलो पटक प्रदेश सम्मेलन गर्न लागेका हौँ,’ उनले भने, उनले भने, ‘यसमा पहिलो दिन केन्द्रदेखि पालिकासम्मका सबै नेताहरू सहभागी हुनुहुन्छ । त्यसपछि हाम्रो बन्द सत्रमा प्रदेशका साथीहरू मिलेर विभिन्न विषयमा छलफल गर्नेछौँ ।’
प्रदेश सभापति पुनका अनुसार सम्मेलनमा प्रदेशका ५२ वटै प्रदेश सभा निर्वाचन क्षेत्रका प्रतिनिधि, २६ वटा संघीय निर्वाचन क्षेत्रका क्षेत्रीय सभापति, जिल्लाका सभापति, भातृ तथा शुभेच्छुक संस्थाका प्रमुख, प्रदेश समितिका पदाधिकारी सदस्य तथा सल्लाहकारहरू, प्रदेशबाट केन्द्रमा प्रतिनिधित्व गर्ने केन्द्रीय सदस्य तथा पदाधिकारीहरूलगायत नेताहरू सम्मेलनमा सहभागी हुनेछन् ।
सम्मेलनमा प्रदेशको तर्फबाट राजनीतिक प्रतिवेदन, सांगठनिक प्रतिवेदनलगायतका अन्य विविध विषयमा छलफल हुने नेता पुनले जानकारी दिए । ‘यस सम्मेलनमा हामी संघीयतामाथि उठेका प्रश्न र अन्य राजनीतिक विषयमा छलफल गर्नेछौँ,’ प्रदेश सभापति पुनले इकागजसँग भने, ‘यहाँ छलफल गरेर निष्कर्ष केन्द्र र आगामी केन्द्रीय महासमितिको बैठकमा पनि प्रस्तुत गर्छौँ ।’
यस सम्मेलनमा प्रदेशले निभाउने भूमिका र यसका अधिकारहरू प्राप्तिका लागि पनि छलफल हुने उनको भनाइ छ ।

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

आतंककारी गतिविधिलाई समर्थन गर्न सकिँदैन : शेखर कोइराला

प्रतिक्रिया