मधेश प्रदेशले जित्यो केपी ओली कप क्रिकेट प्रतियोगिता

काठमाडौँ- मधेश प्रदेशले केपी ओली कप टी-ट्वान्टी क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ ।
पोखरामा आज सम्पन्न फाइनलमा विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई ११ रनले पराजित गर्दै मधेश प्रदेशले उपाधि जितेको हो ।
जितका लागि १ सय ३६ रनको लक्ष्य पछ्याएको आर्मीले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय २४ रनमात्र जोड्न सक्यो ।
आर्मीका लागि कप्तान विनोद भण्डारीले सर्वाधिक ३२ रन, विवेक यादवले २५ तथा भिम शार्कीले २२ रन जोडेपनि जितका लागि पर्याप्त भएन ।
मधेश प्रदेशका लागि कप्तान हरि शंकर साहले सर्वाधिक ४ तथा प्रदिप पासवानले २ र पार्थिक यादवले १ विकेट हात पारे ।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको मधेश प्रदेशले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १ सय ३५ रन जोड्यो । मधेश प्रदेशका लागि विशाल पटेलले अविजित ४९ रन तथा हरि शंकर साहले २७ रन बनाए ।
आर्मीका शहाब आलम र विवेक यादवले समान ३-३ विकेट हात पारे । मधेश प्रदेशको राष्ट्रिय स्तरमा यो पहिलो उपाधि हो ।

रोहित पौडेलको नेतृत्वमा नेपाली टोलीले स्कटल्याण्डमा खेल्ने

बीसीसीआई समक्ष विराट कोहलीले भने- अब टेस्ट क्रिकेटबाट सन्यास लिन्छु

अष्ट्रेलियाका पूर्वक्रिकेटर म्याकगिल कोकिन मुद्दामा दोषी ठहर, तोकियो सजाय

क्रिकेट छाडेर भारतीय सेनाका कर्णेल धोनी भारत-पाकिस्तानको युद्धमा जाँदैछन् ?

नेपाली महिला क्रिकेट आज बहराइनसँग भिड्दै

भारतीय क्रिकेटर शिखर धवन प्रेममा

प्रतिक्रिया