धरौटी तिर्न नसक्दा २१ दिने शिशुलाई निकाल्यो मणिपाल अस्पतालले
पोखरा : धरौटी रकम बुझाउन नसक्दा पोखराको मणिपाल अस्पतालले २१ दिने संक्रमित शिशुलाई अस्पतालबाट निकालिदिएको छ । ९० हजार धरौटी र दिनको २२ देखि २८ हजारसम्म पैसा बुझाउन नसक्ने भएपछि अस्पतालले जानबहादुर बुढाका बच्चालाई निकालिदिएको हो ।
‘९० हजार रुपैयाँ धरौटी र सिरियसनेस हेरेर २२ देखि २८ सम्म लाग्ने बतायो, म मिस्त्री काम गर्नेले कसरी तिर्ने त्यत्रो ?’ बुढा बताउँछन् । अहिले बुढाले आफ्ना बच्चालाई पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचार गराइरहेका छन् । वैशाख २३ गते मणिपाल अस्पतालमा जन्मिएका बालकमा जेठ १ गते समस्या देखिएको थियो । परिवारले ती बालकलाई जन्मिएकै अस्पतालमा पुर्यायो ।
अस्पतालमा उनलाई एनआइसियुमा ३ दिन राखेर उपचार गरियो । तर उनको स्वास्थ्यमा सुधार आएन । पुनः बच्चालाई जानबहादुरले १२ जेठमा अस्पतालमा भर्ना गराए । १३ जेठमा बच्चामा कोरोना संक्रमण पुष्टि भयो । कोरोना संक्रमित बच्चा राख्ने छुट्टै वाड नभएकाले मणिपालले राख्न गाह्रो मानेको अस्पतालको स्रोत बताउँछ । बालकमा कोरोना पुष्टि भएपछि अस्पतालले सुरुमा राख्नलाई आनाकानी गरेको जामबहादुर बताउँछन् ।
पछि राख्न मानेपनि निकै महँगो शुल्क सुनाएपछि आफूले बच्चालाई पश्चिमाञ्चल अस्पताल लगेको उनले बताए । ‘शुल्क सुन्दै डर लाग्ने, कहाँ तिर्न सकिन्छ र त्यत्रो ? पैसा तिर्न नसके लगिहाल्न भने,’ उनले भने ।
अस्पतालसँग केही सहुलियत मागेपनि ठाडै अस्विकार गरेको उनले बताए । अस्पतालले डिस्चार्ज गर्दा उनको अवस्था गम्भीर रहेको बताएको छ । डिस्चार्ज पत्रमा लेखिएको छ, ‘बच्चालाई प्याडियाट्रिक आइसियुमा राख्नु पर्ने अवस्था छ, तर बच्चाको अभिभावकले नमानेपछि मेडिकल अड्भाइस विपरीत बच्चालाई डिस्चार्ज गरिएको छ ।’ बच्चालाई डिस्चार्ज गर्ने दिन उनमा उच्च ज्वरो, श्वासप्रश्वासमा समस्या थियो ।

राशिफलमा यस्तो छ आज तपाईंको भाग्य

खड्का उत्कृष्ट अनुसन्धानकर्ता घोषित

क्याम्पिङ क्षेत्रको सरसफाइ गरी काठमाडौँ फर्कियो स्पार्क कारको स्वयंसेवक टोली

यार्सा खोज्न हिमालतिर उक्लिए चिमखोलावासी

विद्युत् सर्ट भएर सतुङ्गलको कपडा पसलमा आगलागी

आज अन्तरराष्ट्रिय परिवार दिवस

राशिफलमा यस्तो छ आज तपाईंको भाग्य

प्रतिक्रिया