बिहीबार १९ असार, २०८२
Thursday, July 03, 2025

हुन्डाईको अफर: कुनै पनि कम्पनीको पुराना गाडी ल्याएर नयाँ लान पाइने

काठमाडौँ - नेपालमा हुन्डाई गाडीहरूको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले ‘Unbeatable Exchange’ अफर योजना ग्राहकमाझ ल्याएको छ। मंसिर १४ गते बाट सुरु भएको यो योजनामा आफ्नो कुनै पनि ब्रान्डको गाडी ल्याएर हुन्डाईको उत्कृष्ट, गुणस्तरीय र विश्वसनीय इन्धनयुक्त वा विद्युतीय गाडीसँग एक्सचेन्ज गर्न सकिने कम्पनीले जनाएको छ।​

हुन्डाईले आफ्ना ग्राहकको आवश्यकता र सन्तुष्टिलाई ध्यानमा राखी यो अफर ल्याएको हो। यो योजना नेपालभरि नै लागू हुने भएकोले आफ्नो नजिकैको हुन्डाईको शोरुममा जान सकिनेछ।

यस एक्सचेन्जमा ग्राहकहरूले आफ्नो  गाडीको बजारको प्रचलित मूल्याङ्कन भन्दा न्यूनतम्  ५० हजार थप पाउनु का साथै विद्युतीय गाडीको खरिद गर्दा प्रोत्साहन स्वरुप ५० हजारसम्मको गो ग्रीन बोनस पनि प्राप्त गर्न सक्ने छन्| विभिन्न मोडलहरुको खरिदमा नगद  ६०हजार सम्मको आकर्षक छुटका साथै हुन्डाई शोरुममा गएर आफ्नो गाडीको मूल्याङ्कन गराइ र  हुन्डाई गाडीको टेस्ट ड्राइभ गरी आकर्षक उपहारहरू पनि जित्न सकिने कम्पनीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ। शोरुममा तुरुन्तै पुरानो गाडीको मूल्यांकन गरी छिटोछरितो माध्यमद्वारा यो एक्सचेन्ज योजना सफल बनाउन हुन्डाई प्रतिबद्ध छ।

यस एक्सचेन्ज योजना सहभागी भई उत्कृष्ट प्रविधिद्वारा निर्मित र विभिन्न अन्तर्राष्ट्रिय पुरस्कारबाट सम्मानित भइसकेका हुन्डाईका कम्प्याक्ट एसयूभी, एसयूभी, ईभी र ह्याचब्याकमध्येबाट आफ्नो रोजाइ र आवश्यकताअनुसार छनौट गर्न सक्नेछन्। सबै हुन्डाईका गाडीमा ३ वर्ष वारेन्टी र ६ वर्षको फ्री सर्भिसिङ उपलब्ध छ।

लक्ष्मी इन्टरकन्टिनेन्टलले नेपालभरि १७ शोरुम, १९ सर्भिस सेन्टर र ४३ चार्जिङ प्वइन्टमार्फत ग्राहकलाई सेवा प्रदान गरिरहेको छ। हुन्डाई मोटर कम्पनी विश्वकै ५ ठूला अटोमोबाइल उत्पादकमध्येमा पर्दछ। यस कम्पनीका उत्कृष्ट उत्पादनहरुले विश्वभरि करोडौँ ग्राहकको मन तथा विश्वास जित्न सफल भएको छ।

लक्ष्मी इन्टरकन्टिनेन्टलले ग्राहकको आवश्यकता र रूचिलाई ध्यानमा राखी हरेक वर्ष यस्ता ग्राहकमुखी अफर ल्याइरहेको छ।

टिएम १ का १०० भन्दा बढी युनिटहरू सडकमा गुड्दै: नेपालको फेवरेट कमर्सियल ईभीको महत्वपूर्ण उपलब्धि

टिएम १ का १०० भन्दा बढी युनिटहरू सडकमा गुड्दै: नेपालको फेवरेट कमर्सियल ईभीक…

यामाहाले ग्लोबल लेगेसीको ७० औं वार्षिकोत्सवमा मनायो अर्थपूर्ण उत्सव

यामाहाले ग्लोबल लेगेसीको ७० औं वार्षिकोत्सवमा मनायो अर्थपूर्ण उत्सव

शार्क ट्याङ्क नेपालको पहिलो सिजनको “पावर्ड बाइ” प्रायोजक बन्यो टीभीएस अपाचे

शार्क ट्याङ्क नेपालको पहिलो सिजनको “पावर्ड बाइ” प्रायोजक बन्यो टीभीएस अपाचे

यामाहा ग्लोबलको ७० औं वार्षिकोत्सव: यामाहा नेपालले मनाउँदैछ अविस्मरणीय यात्राको उत्सव

यामाहा ग्लोबलको ७० औं वार्षिकोत्सव: यामाहा नेपालले मनाउँदैछ अविस्मरणीय यात्रा…

२३ दिनमै देशभरिका ८ अत्यन्तै कठिन अफ–रोड ट्रेल पार गर्ने विश्वकै पहिलो पिकअप

२३ दिनमै देशभरिका ८ अत्यन्तै कठिन अफ–रोड ट्रेल पार गर्ने विश्वकै पहिलो पिकअप

टोयोटाको बिक्रीमा उल्लेखनीय वृद्धि, उत्पादनमा केही कमी

टोयोटाको बिक्रीमा उल्लेखनीय वृद्धि, उत्पादनमा केही कमी

यामाहा नेपालद्वारा काठमाडौंको गोंगबुमा नयाँ ३एस शोरुमको उद्घाटन

यामाहा नेपालद्वारा काठमाडौंको गोंगबुमा नयाँ ३एस शोरुमको उद्घाटन

सेरेसले नेपालभर सुरुगर्यो मनसुन एक्सचेन्ज क्याम्प – उत्कृष्ट भ्यालुएसन र एक्सचेन्ज बोनसको ग्यारेन्टी

सेरेसले नेपालभर सुरुगर्यो मनसुन एक्सचेन्ज क्याम्प – उत्कृष्ट भ्यालुएसन र एक्सचेन्ज…