नेपालको सार्वभौमसत्ता जोगाउन भूराजनीतिक सन्तुलन कायम राख्नुपर्छ : सांसद जबरा

काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद पशुपति समशेर जबराले नेपालको सार्वभौमसत्ता जोगाउन भूराजनीतिक सन्तुलन कायम राख्नुपर्ने बताएका छन् ।
बिहीबार सिंहदरबारमा बसेको प्रतिनिधि सभाअन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा बोल्दै उनले यस्तो जिकिर गरे । उनले नेपालको सार्वभौमसत्ताको मुल आधार भूराजनीतिक सन्तुलन भएको बताए । उनले नेपालले आफ्नो सार्वभौमसत्ता कायम राख्न नसक्नुको मुख्य आधार भूराजनीतिक संवेदनशीलता रहेको बताए ।
उनले भूराजनीति सन्तुलन कसरी कायम राख्ने ? ऐतिहासिक रूपमा नेपालले यो भूमिका कसरी कायम गरेको छ ? भन्ने हिसाबबाट हेर्नुपर्ने उल्लेख गरे ।
बैठकमा नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले जलवायु सम्मेलन (कोप-२८) मा प्रधानमन्त्रीले राख्ने विषयवस्तुहरू अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिलाई जानकारी नगराएकोमा आपत्ति जनाए । उनले उत्तर कोरियाले नेपालस्थित राजदूतावास हटाएकोबारे सरकारले जानकारी नगराएको प्रति पनि आपत्ति जनाए । उनले नेपालमा भइरहेको दूतावास हट्नु भनेको नेपालसँग एउटा मित्रराष्ट्र घट्नु रहेको बताए ।
सांसद सुवालले नेपालले नेपाली युवालाई भाडाको सेना बनाउनु नहुने बताए ।

जेठ ६ गते संसदमा प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम हुने
संघीय संसदको संयुक्त बैठक बस्दै, राष्ट्रपति पौडेलले सरकारको नीति तथा कार्यक्रम…

अत्यन्त जरुरी सार्वजनिक महत्वको प्रस्तावमा मन्त्रीले समय नदिएको भन्दै माओवादीको आ…
प्रतिनिधिसभा बैठक बस्दै, भन्सार विधेयक पारित गरिने
शिक्षक र चिकित्सकको माग सम्बोधनका लागि माओवादीसहित चार पार्टीद्वारा संसद्मा ज…
‘नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक, २०८१ प्रस्ताव’ सर्वसम्मतिले स्वीकृत

७ मिनेट बसेर राष्ट्रिय सभाको बैठक स्थगित

प्रतिक्रिया