नक्कली शरणार्थी प्रकरणमा जवाफी बहस जारी, खाणलाई थुनामुक्त गर्न माग

काठमाडौं - नक्कली शरणार्थी प्रकरणमा थुनामा रहेका पूर्व गृह मन्त्री बालकृष्ण खाणलाई थुनामुक्त गराउनु पर्ने माग गरिएको छ ।
उच्च अदालत पाटनमा जारी बहसमा खाणका वकिलहरूले उनलाई थुनामुक्त गरेर मुद्दा चलाउन माग गरेका हुन् ।
जससँगै नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर २८ करोडभन्दा बढी ठगी गरेको प्रकरणमा हाल थुनामा रहेका नेपाली कांग्रेसका नेतासमेत रहेका पूर्व गृहमन्त्री खाणको तर्फबाट जवाफी बहस भर्खरै सकिएको छ।
खाणका तर्फबाट पूर्व महान्यायाधिवक्ता समेत रहेका वरिष्ठ अधिवक्ता खम्बहादुर खातीलगायतले बहस गरेका हुन । उनीहरूले एकै स्वरमा खाणलाई थुनामुक्त गरेर मुद्दा चलाउन माग गरेका छन् ।
आज नै बहस सकाउने र सम्भवतः आजै फैसला गर्ने गरी अदालतमा बहस भइरहेको छ ।

६० किलो सुन तस्करी प्रकरण : अमला रोकालाई धरौटीमा छाड्न आदेश

उच्च अदालतका लागि ४ न्यायाधीश सिफारिस

न्यायाधीशलाई मोसो दल्नु न्यायपालिकामाथि आक्रमण : न्यायाधीश समाज

राजावादीको तीनकुने घटना : दुर्गासहित ७ जना थुनामा, ३२ जना धरौटीमा रिहा (…

सर्वोच्चले ५२ संवैधानिक पदाधिकारीविरुद्धको निर्णय असार १८ गते सुनाउने
आयोगले एकैसाथ तीन मुद्दा दायर गर्यो

प्रतिक्रिया