स्वास्थ्यकर्मीमाथि आक्रमण गर्नेलाई ५ वर्ष कैदको माग

बुटवल : राष्ट्रिय चिकित्सक संघ नेपालको लुम्बिनी प्रदेश समितिले प्रदेश सरकारका स्वास्थ्य तथा जनसंख्यामन्त्री भोजप्रसाद श्रेष्ठलाई भेटेर स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी अध्यादेशसम्बन्धमा सुझाव प्रस्तुत गर्नुका साथै चिकित्सक तथा स्वास्थ्यकर्मीको हकहितको बिषयमा ज्ञापन पत्र बुझाएको छ ।
संघको प्रदेश समितिका अध्यक्ष डा. समिर आचार्य, महासचिव डा. सागर न्यौपानेसहितको टोलीले आज मन्त्री श्रेष्ठलाई भेटेर ज्ञापनपत्र बुझाएको हो ।
संघले बुझाएको ज्ञापन पत्रमा अध्यादेशमा गाली गलौज , अपमान तथा सामाजिक संजालमा आधारहिन अफवाह फैलाउनेलाई समेत सजायका व्यवस्था हुनुपर्ने, निर्देशन समितिलाई ९ देखि ११ सदस्यीय बनाउने त्यसमा सम्बन्धित काउन्सिलको प्रतिनिधि राख्नु पर्ने, प्रदेश स्तरीय समितिमा सरकारी प्रतिनिधिको बहुमत हुनेगरी नेपाल चिकित्सक संघ, लुम्बिनी शाखा, नेपाल दन्त चिकित्सक संघ, लुम्बिनी शाखा र नेपाल नर्सिङ संघ, लुम्बिनी शाखाको प्रतिनिधि राख्न तथा सजाय खण्डमा न्युनतम सजाय मतियारलाई ३ वर्ष र मुख्य दोषीलाई ५ वर्ष सजाय तोक्न माग गरिएको छ ।
संघले चिकित्सक तथा स्वास्थ्यकर्मीको हकमा पनि मन्त्रीसमक्ष विभिन्न मागहरू अगाडि सारेको छ । मन्त्री श्रेष्ठलाई बुझाएको ज्ञापन पत्रमा संक्रामक ऐन सकृय भएको र अन्य संकटकाल लागू भएको अवस्थामा संगठित संस्थामा उपचारमा संलग्न चिकित्सक तथा स्वास्थ्यकर्मीको कर्तव्य पालनको सिलसिलामा ज्यान गएमा कम्तिमा २५ लाखको स्वास्थ्य बीमा हुनु पर्ने, पचास शैयाको प्रदेश स्तरीय सरुवा रोग अस्पतालको स्थापना गर्नुपर्ने, राष्ट्रिय स्वास्थ्य अनुसन्धान परिषद लुम्बिनी प्रदेश इकाईको स्थापना हुनु पर्ने, संक्रामक ऐन सकृय भएको र अन्य संकटकाल लागुभएको अवस्थामा उपचारमा संलग्न चिकित्सक तथा स्वास्थ्यकर्मीको सार्वजनिक संस्थामा निःशुल्क स्वास्थ्योपचारको विशेष व्यवस्था हुनु पर्नेलगायतका मागहरू समावेश गरिएको छ ।
मन्त्री श्रेष्ठसँग भएको भेटवार्तामा स्वास्थ्यकर्मीको सुरक्षाको सवालमा संघीय सरकारसँग सकारात्मक पहल गर्ने आश्वासन मन्त्री श्रेष्ठबाट पाएको भेटघाटमा सहभागी संघका केन्द्रीय सदस्य डा. सम्राट पराजुलीले जानकारी दिए ।

आजको मौसमः तीन प्रदेशमा बर्षा र दुइ प्रदेशमा हावाहुरी चल्ने

पशुपति क्षेत्रमा राष्ट्रसेवा शक्ति साधना नशामुक्ति शिविर गरिने

आज तपाइको भाग्य कस्तो छ ? (हेर्नुहोस राशिफल)

वैदेशिक रोजगारीमा ज्यान गुमाएका परिवारलाई क्षतिपूर्ति उपलब्ध

गाउँगाउँमा राष्ट्रिय परिचयपत्र शिविर

इ–रिक्सा चलाएर आत्मनिर्भर बन्दै महिला

साकेला उभौली चाड : ‘प्राकृतिक विपत्ति नपरोस्’ भन्ने कामना गरिँदै

प्रतिक्रिया