शुक्रबार ०२ जेठ, २०८२
Friday, May 16, 2025

नहरमा डुबेर बालिकाको मृत्यु

दाङ : दाङमा नहरमा डुबेर एक बालिकाको आज मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार लमही नगरपालिका-७ कमानपुर निवासी स्यानु चौधरीकी सात वर्षीया छोरी इन्दुको घर नजिकैको नहरमा डुबेर मृत्यु भएको हो ।

बिहान साढे ११ बजेतिर नहरमा डुबेर गम्भीर भएकी उनको लमही अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरी नायब उपरीक्षक मुकुन्द रिजालले बताए उहाँका अनुसार नुहाउने क्रममा उनी नहरमा डुबेकी हुन् । रासस