ब्ल्याक फंगस संक्रमणबाट वीरगंजमा ३ को मृत्यु
जनकपुरधाम : ब्ल्याक फंगसबाट वीरगंजमा क्षेत्रका तीन जनाको मृत्यु भएको छ । उपचारको क्रममा ब्ल्याक फंगस म्युकरमाइकोसिस नामक संक्रमणबाट वीरगंज र काठमाडौँसहितका अस्पतालमा तीद्द जनाको मृत्यु भएको हो ।
नारायणी उपक्षेत्रीय अस्पतालका कोभिड-१९ उपचार इन्चार्ज चिकित्सक डा. नीरज सिंहका अनुसार ब्ल्याक फंगसबाट वीरगंज महानगरपालिका-२७ अलौंकी ६५ वर्षीया महिला, बारा जिल्ला घर भई विरगञ्ज बस्दै आएका ५५ वर्षीय पुरुष र वीरगंज-१३ का ६७ वर्षीय पुरुषको मृत्यु भएको हो ।
वीरगंजमा ८ जनामा ब्ल्याक फंगस संक्रमण भेटिएको हो । त्यस मध्ये तीन जनाको मृत्यु भएको छ भने बाँकी ५ जनालाई थप उपचारका लागि भारत पठाइएको चिकित्सक सिंहले बताए ।
उनले भने, 'नेपालमा यसको उपचार नेपालमा सम्भव नभएकोले त्यही भएर भारत पठाइएको हो । उनीहरूको उपचार पटना र लखनउमा भइरहेको छ ।’ डा. सिंहले वीरगंजकै एडभान्स अस्पतालमा उपचाररत वीरगंज महानगरपालिका-२७ अलौंकी महिलामा पहिलो पटक ब्ल्याक फंगसको संक्रमण भेटिएको र उनको उपचारका क्रममा मृत्यु भएको बताए ।
त्यसपछि दोस्रो फंगसको थप उपचारका लागि काठमाडौंको मेदान्त अस्पताल पठाइएका बारा घर भई वीरगंज बस्दै आएका ५५ वर्षीय पुरुषको जेठ तीन गते मृत्यु भयो । मल्टी सिटी अस्पतालमा उपचारको क्रममा वीरगंज-१३ का ६७ वर्षीय पुरुषको वैशाख ३० गते मृत्यु भएको थियो ।
कोभिड-१९ संक्रमित व्यक्तिमा लक्षण देखिएको १२ देखि २० दिनको अवधिमा ब्ल्याक फंगसको संक्रमण देखापर्ने गरेकोमा आठै जना कोभिडबाट निको भइसकेकाहरूमा पाइएको उनले बताए ।

बिहेमा खाजा खाँदा जन्तीसहित एक सयभन्दा बढी बिरामी

डेंगु सङ्क्रमणको जोखिम बढ्ने, सतर्कता अपनाउन आग्रह

अब एआईले सम्झाउने छ श्वासप्रश्वाससम्बन्धी बिरामीलाई इन्हेलरको प्रयोग गर्न

गर्मीको फल जामुन खानुहोस्, मधुमेहवाट टाढा रहनु होस्

गर्मीको सुपर फुड करेला, झुक्किएर पनि नखानुहोस् यी चीजसँग

सरकार र आन्दोलनरत आवासीय चिकित्सकबीच चार बुँदे सहमति

छुटेका बालबालिकालाई वैशाख ३१ गते खोप लगाइने

प्रतिक्रिया