तिलामा घर बनाउँदा नक्सा पास अनिवार्य

जुम्ला - जुम्लाको तिला गाउँपालिकामा नक्सा पास गरेर मात्रै पक्की घर तथा भवन बनाउन पाइने भएको छ ।
गाउँपालिकाले कार्यविधि बनाएर निजी, व्यापारिक तथा सार्वजनिक भवन निर्माण गर्दा अनिवार्य रुपमा नक्सा पास गर्नुपर्ने व्यवस्था गरेको प्रमुख प्रशासकीय अधिकृत भीमा कँडेलले जानकारी दिए । स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा २७ बमोजिम पालिका क्षेत्रभित्र नक्सा पास गरेर मात्रै निजी तथा सार्वजनिक भवन बनाउन सम्बन्धित सबैलाई आग्रह गरिएको छ ।
प्रमुख प्रशासकीय अधिकृत कँडेलले भने, “यसअघि पालिकामा घर नक्सा पास सम्बन्धित कार्यविधि बनेको थिएन । म कार्यकारी भएर आएदेखि नक्सा पास तथा निर्माण इजाजतको लागि कार्यपालिकाबाट निर्णय गरेर कार्यविधि पारित गरी यस्तो व्यवस्था गरिएको हो । पालिकाभित्र कुनै पनि निजी, व्यापारिक तथा सार्वजनिक भवनको निर्माण सुरु गर्दा भूकम्प प्रतिरोधात्मक संरचना बनाउन पनि यस्तो व्यवस्था गरिएको हो । यसो गर्न नौवटै वडालाई परिपत्र गरिएको छ । नक्सा पास नगरी निर्माण कार्य गरेको पाइएमा कानुन बमोजिम कारबाही गरिने छ ।”
गाउँपालिकामा निर्माण हुने सार्वजनिक संरचनादेखि निजी पक्की घरलाई व्यवस्थित बनाउन अनिवार्य नक्सा पासको प्रावधान अगाडि सारेको तिला गाउँपालिकाका अध्यक्ष मोतीलाल रोकायाले बताए । नक्सा पास गरिसकेपछि निर्माण कार्य गर्दा पालना गर्नुपर्ने शर्तहरु लागू गरिएको छ । रासस
मुद्दा मिलाइदिन्छु भन्दै रकम असुली गरेको कसुरमा दुई पक्राउ

जुम्लाको राक्से पाटनमा १३ भेडा पुरिए

माटोको ढिस्को खस्दा एकको मृत्यु, पाँच घाइते

जुम्लामा ट्रयाक्टर दुर्घटना : एक जनाको मृत्यु, चार घाइते

हुम्लाको उनापानीमा आगलागीबाट आठ घर नष्ट

विद्युत् पहुँच नभएका डोल्पाका पाँच पालिकामा सोलार वितरण

ट्रयाक्टर दुर्घटना हुँदा चालकको मृत्यु

प्रतिक्रिया