मकवानपुरमा जेठ ३१ गतेसम्म लम्बाइयो निषेधाज्ञा

हेटौंडाः मकवानपुरमा जारी निषेधाज्ञा जेठ ३१ गतेसम्म लम्बाइएको छ । बुधबार मकवानपुरका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले जेठ २० गते राति १२ बजेदेखि ३१ जेठ राति १२ बजेसम्म निषेधाज्ञा थप गरेका छन् ।
अब खाद्यान्न पसल, दुध, माछामासु, फलफुल, अण्डा, तथा तरकारी वितरण गर्ने पसल बिहान ४ बजेदेखि ८ बजेसम्म खुल्न पाउँनेछन् । यसअघि खाद्यान्न पसललगायत अतिआवश्यक पसल पनि प्रशासनले बन्द गरेको थियो । प्रशासनले जोखिमको अवस्था हेरेर विस्तारै सबै व्यवसाय संचालन गर्न दिने जनाएको छ ।
मकवानपुर प्रशासनको यस्तो निर्णय गरेसँगै दुग्ध किसानहरुमा खुशि छाएको छ । यसअघि दुध बिक्री नभएर चिन्तित बनेका कृषक राजेन्द्र नहर्की दुध विक्रि गर्न पाउने भएपछि खुशि भएका छन् । अब दुध विक्रि केन्द्रहरू बिहान एक समय खोल्न पाइनेछ ।
जारी निषेधाज्ञा केही खुकुले पारिए पनि हेटौंडाको हकमा भने खोपेगल्लीको सबै पसल र बसपार्कको माछाबजार तथा तरकारी बजार पूर्ण रूपमा गरिने भएको छ । यस्तै हप्तामा ३ दिन आइतबार, मंगलबार र बिहीबार बैंक खुल्नेछ भने अन्य वित्तिय संस्थाहरू, फाइनान्स, आइएमी, इन्सोरेन्स, सहकारी सबै बन्द रहने प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले जानकारी दिए ।
भक्तपुर पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा

प्रदेश सरकारद्वारा विद्यालयलाई बस प्रदान

मल्लकालीन बस्तीका स्ववासीलाई सयौँ वर्षपछि लालपुर्जा वितरण

भक्तपुर–नगरकोट सडकखण्डको १५ किलोमिटर सडक कालोपत्र अन्तिम चरणमा

काभ्रेलाई पूर्णखोप सुनिश्चित जिल्ला घोषणा
नालामा पुल भाँचियो : काठमाडौँ जाने वैकल्पिक सडक अवरुद्ध

बागमती प्रदेशसभामा आगामी आवको बजेटमाथि छलफल प्रारम्भ

प्रतिक्रिया