विपक्षी सांसदले मागे मुख्यमन्त्री पोखरेलको राजीनामा
प्रदेश सभाले भेदभाव गरेको सत्तारुढ दलको आरोप

बुटवल : लुम्बिनी प्रदेशका विपक्षी दलका सांसदहरूले मुख्यमन्त्री शंकर पोखरेल नेतृत्वको सरकारलाई बहुमत पुष्टि गर्न चुनौती दिएका छन् । ठीक एक महिनाअघि एकल बहुमतमा रहेको दाबीसहित मुख्यमन्त्रीमा पुनः शपथ लिएका पोखरेललाई संसद् बैठकमा विपक्षीले गम्भीर नैतिक संकटमा पारेका छन् ।
सत्तारुढ एमालेका थप दुई सांसदले राजिनामा दिइसकेको र एकजना नेकपावाट निर्वाचित सांसदले माओवादी केन्द्र रोजेपछि पोखरेल नेतृत्वको सरकार अल्पमतमा परेको हो । त्यसको पुष्टि केही दिनअघि राष्ट्रिय सभा सदस्यका लागि भएको निर्वाचनको मत परिणामले पनि देखाएको छ । त्यसैलाई आधार मानेर विपक्षी सांसदहरूले बुधबारको बैठकमा बहुमतसिद्ध गर्न चुनौती पेस गरेका हुन् ।
प्रदेश सभाको आठौं अधिवेशनको पहिलो बैठकमा बोल्ने विपक्षी गठबन्धनका सांसदले मुख्यमन्त्री पोखरेलको राजीनामा माग गरेका छन् । नेपाली कांग्रेसका प्रमुख सचेतक फकरुद्धिन खानले मुख्यमन्त्री पोखरेल संविधानको धारा १६८ (१) अनुसार अल्पमतमा रहेकाले तुरुन्तै राजीनामा दिनुपर्ने माग गरे ।
‘राष्ट्रियसभा सदस्य निर्वाचनले प्रदेश सरकार अल्पमतमा रहेको प्रस्ट देखाएको छ । अविलम्ब राजीनामा दिएर मार्गप्रशस्त गर्नुपर्छ,’ खानले भने, ‘आज ३० दिन पुग्यो, कि त मुख्यमन्त्रीले विश्वासको मत लिनुपर्यो, अन्यथा राजीनामा दिनुपर्छ ।’
कांग्रेसकै अर्का सांसद शंकर गिरीले मुख्यमन्त्रीले संसद्को अपमान गरेको भन्दै सहमति, सहकार्य र एकताका लागि राजीनामा दिनुपर्ने बताए । सांसद गिरीले मुख्यमन्त्री पोखरेल कुन संविधानको धारा अनुसार सरकारमा बसेको भन्दै प्रश्न गरे ।
माओवादी केन्द्रका सांसद तथा पूर्वमन्त्री सुदर्शन बरालले अल्पमतमा परेपछि प्रदेश प्रमुखलाई बोरामा हालेर मुख्यमन्त्री कार्यालयमा लगेर पोखरेलले शपथ लिएको आरोप लगाए । उनले मुख्यमन्त्रीले मान्यता, सिद्धान्त र आदर्शको राजनीति गर्ने नेताका रूपमा आफूले चिनेको बताए । उनले भने, ‘शंकर पोखरेल यो रसातलमा कसरी पुग्नुभयो, म आश्चर्यचकित छु ।’
कांग्रेस सांसद सांसद वीरबहादुर रानाले अविश्वासको प्रस्तावमाथि बहस नगरेर संसद् छलेर मुख्यमन्त्री नियुक्ति गरेकोमा आपत्ति जनाए । उनले संघीय सरकारको बलको आडमा सांसदलाई घोक्रयाएर प्रदेश प्रमुखलाई घिसारेर शपथ गराउने काम गलत भएको बताए ।
राष्ट्रिय जनमोर्चाकी तारा जीसीले प्रदेशसभा वैठक चल्दाचल्दै बीचमै घाँटी निमोठिन सक्ने बताइन् । गणतन्त्र, संविधान र राष्ट्रियताका सवालमा ओली सरकार मतियार बनेको उनको आरोप छ ।
सांसद इन्द्रजित थारुले ठूलो दल हो भन्दैमा संविधान मिच्न नपाउने बताए । उनले मुख्यमन्त्री पोखरेलले प्रधानमन्त्रीको सिको गर्दै अल्पमतमा हुँदा पनि सरकारमा बसेर संविधान मिचेको भन्दै आलोचना गरे। ।
सत्तासीन एमालेका सांसद तथा पूर्वमन्त्री लीला गिरीले सरकारसँग स्पष्ट बहुमत रहेको बताए । मुख्यमन्त्री पोखरेलले संविधानको धारा १६८(१) अनुसारको सरकार बनाउनु बाधात्मक अवस्था रहेको उनको भनाइ छ । उनले विपक्षी दलहरूले अस्वस्थ काम गरेको आरोप उनको छ । उनले भने, ‘प्रदेश सभाबाट भेदभावपूर्ण व्यवहारसहित खेल खेल्दा राम्रो भएन । नैतिकताका कुरा गर्नेहरूले प्रधानमन्त्री केपी शर्मा ओलीलाई सडकबाट हटाउन खोज्दा समस्या आएको हो ।’
प्रदेश सभा बैठकमा भने मुख्यमन्त्री शंकर पोखरेल सहभागी थिएनन् ।
बैठकको सुरुमा सभामुखले प्रदेश प्रमुखबाट प्राप्त प्रदेश सभाको आठौं अधिवेशन आह्वानसम्बन्धी पत्र, प्रमाणीकरण भएको विधेयकसम्बन्धी पत्र र मन्त्रिपरिषद् पुनःगठन एवं कार्य विभाजनसम्बन्धी पत्र पढेर सुनाएका थिए । यसैगरी प्रदेशसभा सदस्यबाट दृगनारायण पाण्डेय र अमरबहादुर डाँगी क्षेत्रीले राजीनामा दिएकाले पद रिक्त भएको व्यहोरा पनि सभामुखले जानकारी गराए । अर्को बैठक बिहीबार दिउँसो एक बजे बस्नेछ ।

आज कतिमा हुँदैछ विदेशी मुद्रा कारोबार ?

काठमाडौँ उपत्यकाका १३ पानीपोखरीको अत्याधुनिक प्रणालीमार्फत व्यवस्था
दुनाटपरी गाँसेर जीविकोपार्जनको उपाय खोज्दै महिला

बबरमहलमा फुटेको खानेपानीको पाइप मर्मत थालियो

तीस किलोको खुकुरी, मूल्य एक लाख ११ हजार

बिहानैदेखि त्रिवेणीधाममा श्रद्धालुको घुइँचो

लहान नगरपालिकाका मेयर चौधरीविरुद्ध आन्दोलन चर्कियो

प्रतिक्रिया