त्रिविको दीक्षान्त पुस २ गते, छात्रा र छात्रले कस्तो ड्रेसअप गर्ने ?

काठमाडौँ- त्रिभुवन विश्वविद्यालयको ४९ औँ दीक्षान्त समारोह आगामी पुस २ गते हुने भएको छ । पुस २ गते राजधानीको त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा तय भएको विश्वविद्यालयले जनाएको छ ।
विद्यार्थीहरूले आआफ्नो गाउन, स्कार्फ, टोपी पहिरी आउनुपर्ने विश्वविद्यालयले जारी गरेको सूचनामा उल्लेख छ । विश्वविद्यालयका अनुसार बिहान ८ बजेदेखि १० बजेभित्र समारोह स्थलमा प्रवेश गरी सिट एरेजमेन्टअनुसार बस्नुपर्नेछ ।
विद्यार्थीलाई गाउन तथा स्कार्फ वितरण मंसिर २४ गते हुने सूचनामा उल्लेख छ । छात्रहरूले पोशाकमा कोट, पाइन्ट, टाइमा र भादगाउँले टोपी र छात्राहरूले औपचारिक पोशाक वा साडी, ब्लाउजमा र त्रिविले उपलब्ध गराएको गाउन/स्कार्फ/टोपी अनिवार्य लगाउने सूचनामा भनिएको छ ।

६८ वर्षको उमेरमा कक्षा १२ को परीक्षा दिँदै लालबहादुर

कक्षा १२ को परीक्षामा ७३ वर्षीया परीक्षार्थी पनि
कक्षा १२ को परीक्षा आजदेखि, सबै तयारी पूरा

खुले सामुदायिक विद्यालय, भर्ना अभियान र पढाई सुरू

किन असन्तुष्ट छ सरकार र शिक्षक महासंघको सहमतिसँग विद्यालय कर्मचारी परिषद् ?

१५० वटा स्कुल लिडरहरूको सहभागीतासहित नेसनल प्याब्सन काठमाडौँको एकदिने तालिम
कक्षा १२ को परीक्षा निधारित समयमा हुन्छ : परीक्षा बोर्ड

प्रतिक्रिया