बजेट अधिवेशन बोलाउन आर्थिक कार्यविधि संशोधन गर्न सिफारिस

विराटनगर: प्रदेश सरकारले बजेट अधिवेशन बोलाउनका लागि आर्थिक कार्यविधि ऐन २०७४ लाई संशोधन गर्न प्रदेश प्रमुख समक्ष सिफारिस गरेको छ । विपक्षी दलहरूले सरकारले अध्यादेशमार्फत आगामी आर्थिक वर्षको बजेट ल्याउन लागेको भन्दै विरोधगरी रहेका बेला बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले प्रदेश आर्थिक कार्यविधि ऐनलाई संशोधन गर्न प्रदेश प्रमुख समक्ष सिफारिस गर्ने निर्णय गरेको छ । कानून अनुसार तोकिएको समयमा बजेट अधिवेशन आह्वान नगरेको प्रदेश १ सरकारले प्रदेश आर्थिक कार्यविधि ऐनलाई संशोधन गर्न अध्यादेश जारी गर्ने निर्णय गरेको हो ।
प्रदेश आर्थिक कार्यविधि ऐन २०७४ मा बजेट आउनु १५ दिन अगावै प्रि–बजेट छलफल गरिसक्नुपर्ने व्यवस्था छ । काभिड महामारीको बहानामा अधिवेशन आह्वान नगरेको सरकारले बजेट आउने ५ दिन अगाडि प्रि–बजेट छलफल गर्नेगरी अध्यादेश जारी गर्ने निर्णय गरेको प्रदेश सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मतकुमार कार्कीले जानकारी दिए ।
मन्त्री कार्कीले केही दिनमै बजेट अधिवेशन आह्वान हुने बताएका छन् । अध्यादेश जारी भएपछि बिहीबार बस्ने मन्त्रिपरिषद् बैठकले संसद अधिवेशन आह्वान गर्ने सम्भावना छ । यसैगरी बुधबार बसेको बैठकले प्रदेश सरकारको कोषबाट कोभिड रोकथाम तथा प्रतिकार्यका निम्ति स्थापित जनसुरक्षा कोषमा १० करोड रुपैयाँ थप गर्ने निर्णयसमेत गरेको छ ।
तेह्रथुमका किसान व्यावसायिक रूपमा सिस्नु खेती गर्दै

आधा अर्ब अधिक खर्चेर ग्रामीण सडक कालोपत्र गरिँदै
_pjm03x6aPm_bwqm9nghrzyn1ey4txktpedmqln52zsnczuu1b6uzquxvnrwocznchlljdi2_n3S9MNoAp1_3c1ydgnjtu2rwzxyouy4xx7k4ptr6y7bpeln2qap3yrx98etpqw5to74ozcg_qTrD5aL0HC_t7jzvzr6uohsyen1hahox2qwhz9qj5g41pilolujubo97t7szo1nud6bpgwa_kDdVpOUDVn_k8wdyry4csh4c5ahlmlbky43ukeyusewrj9ls63l2wmllrohvx8shipbl0xt.jpg)
गोली हानेर ब्राउन सुगर बोक्नेलाई समात्यो प्रहरीले

चट्याङ लागेर घाइते लिम्बूको मृत्यु

भाउजुको हत्या गरेको आरोपमा देवर पक्राउ

मोरङ जिल्ला पूर्ण खोप सुनिश्चितता घोषणा

कोशी प्रदेशसभाबाट प्रतिस्थापन विधेयक पारित

प्रतिक्रिया