एमालेले भूकम्प पीडितलाई बनाइदियो ८० अस्थायी घर

काठमाडौँ- नेकपा एमालेले ८० वटा अस्थायी घर निर्माण गरेर भूकम्प पीडितलाई हस्तान्तरण गरेको छ ।
पार्टी अध्यक्ष केपी शर्मा ओलीका अनुसार अहिले जाजरकोट र रुकुम पश्चिममा १ हजार १ सय स्वयंसेवक खटिएका छन् ।
‘१ हजार १ सयको संख्यामा जाजरकोटमा १२ र रुकुम पश्चिममा १३ गरी हाम्रा २५ स्वयंसेवक समूह भूकम्पपछि उद्धार र पुनः स्थापन कार्यमा खटिएका छन्,’
अध्यक्ष ओलीले भनेका छन्, ‘अहिलेसम्म जाजरकोटमा १३२ र रुकुममा ३५ वटा गरी १६७ वटा भत्किएका घर पन्छाइ सामान निकालिएको छ । एक विद्यालयसहित जाजरकोटमा २९ वटा र रुकुममा ५१ वटा गरी ८० वटा अस्थायी घरटहरा बनाई हस्तान्तरण गरेको छ ।’
उनले अगाडि भने, ‘यो चिसोमा छाना बाहिर रहेकालाई छानामुनि ल्याउने काममा सक्रिय पार्टीका सबै साथीहरूलाई धन्यवाद ।’

नियतवश मुद्दा चलाइयो, क्लिनचिट लिएर आउँछौं: एकीकृत समाजवादी

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

प्रतिक्रिया