पाँचपोखरी थाङपाल र हेटौँडा उपमहानगरबीच भगिनी सम्बन्ध

सिन्धुपाल्चोक- सिन्धुपाल्चोकको पाँच पोखरी थाङपाल गाउँपालिका र हेटौँडा उपमहानगर पालिकाबीच भगिनी सम्बन्ध कायम भएको छ । आज पाँच पोखरी थाङपाल-४ स्थित नागी थामडाँडा एवं पेमाछल उद्यान केन्द्रमा गुरु रिन्पोछे (पद्मा सम्भव) को प्रतिमा अनावरण कार्यक्रममा दुई पक्षबीच भगिनी सम्बन्धकाे लागि समझदारी भएको हो ।
हेटौँडा उपमहानगरपालिकाका वित्त व्यवस्थापन महाशाखाका प्रमुख अनिरुद्ध नेपालको रोहबरमा पाँच पोखरी थाङपाल गाउँपालिकाका अध्यक्ष टासी लामा र हेटौँडा उपमहानगर पालिकाकी प्रमुख मीनाकुमारी लामाबीच समझदारी पत्रमा हस्ताक्षर भएको गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण कुईकेलले बताए ।
गाउँपालिकाका अध्यक्ष लामाले हिमाली भेगमा रहेको पालिका र तराई क्षेत्रको उपमहानगरपालिकाबीच स्थापित सम्बन्धले साझेदारी प्रवर्द्धनमा मद्दत पुग्ने विश्वास व्यक्त गरिन् ।
पेमाछल उद्यान केन्द्रका प्रमुख लामा फूर्वा सिङ्गी लामाले पाँच पोखरी पर्यटकीय गन्तव्य रहको भन्दै त्यसको विकासका लागि दुवै पालिका मिलेर अगाडि बढ्नुपर्नेमा जोड दिए । हेटौँडा उपमहानगर पालिकाकी प्रमुख मीनाकुमारी लामाले पाँच पोखरीको विकासका लागि हेटौँडा उपमहानगरपालिकाको सधैं साथ रहने प्रतिबद्धता व्यक्त गरिन् । रासस

सिरहाको सुखीपुरबाट सात क्विन्टलभन्दा बढी गाँजा बरामद

मार्चे लेकमा चौँरीको रगत पिउने मेला सुरु

रुकुम पश्चिममा जिप दुर्घटना

भिरबाट लडेर मृत्यु

मोटरसाइकलको ठक्करबाट एक जनाको मृत्यु, तीन घाइते

आज चार प्रदेशमा अत्यधिक वर्षा हुने पूर्वानुमान

आज यस्तो छ राशिफलमा तपाईंको भाग्य

प्रतिक्रिया