काठमाडौँ जिल्ला अदालत अगाडिको जेब्रा क्रसिङमा महानगरले ट्राफिक बत्ती राख्दै

काठमाडौँ- काठमाडौँ महानगरपालिकाले बबरमहलस्थित काठमाडौँ जिल्ला अदालत अगाडि ट्राफिक बत्ती राख्ने भएको छ । काठमाडौँ जिल्ला अदालत अगाडिको जेब्रा क्रसिङमा पटक-पटक सवारी साधनका कारण पैदल यात्री दुर्घटनामा पर्न थालेपछि सो स्थानमा ट्राफिक बत्ती राख्न लागिएको हो ।
शुक्रबारदेखि महानगरपालिकाले बत्ती जडानको काम अगाडि बढाएको छ । सो क्षेत्रमा दुर्घटना बढेसँगै कानुन व्यवसायीहरूको अग्रसरतामा काठमाडौँ महानगरपालिकासँग ट्राफिक व्यवस्थापनको माग गरिएकोमा सोही माग बमोजिम महानगरपालिकाले बत्ती जडान गर्न लागेको अधिवक्ता कमलप्रसाद पोखरेलले बताए । उनले सो बत्ती पैदलयात्रीहरूले आफ्नो अनुकूलतामा स्विच बटन थिचेर रातो बत्तीमा सवारी साधन रोकिएपछि बाटो काट्न सकिने बताए ।
निर्माण सम्पन्न भएपछि केही दिन भित्रमा नै सो बत्तीको उद्घाटन गरिने जनाइएको छ ।

सिरहाको सुखीपुरबाट सात क्विन्टलभन्दा बढी गाँजा बरामद

मार्चे लेकमा चौँरीको रगत पिउने मेला सुरु

रुकुम पश्चिममा जिप दुर्घटना

भिरबाट लडेर मृत्यु

मोटरसाइकलको ठक्करबाट एक जनाको मृत्यु, तीन घाइते

आज चार प्रदेशमा अत्यधिक वर्षा हुने पूर्वानुमान

आज यस्तो छ राशिफलमा तपाईंको भाग्य

प्रतिक्रिया