संसद् अधिवेशन नचलेको बेलामा के गर्दै छ संसद् सचिवालय ?

काठमाडौँ- संघीय संसद् सचिवालयले संसद् अधिवेशन अन्त्य भएको अवस्थामा पनि संसदीय समितिहरूले भने निरन्तर काम गरिरहेका जनाएको छ ।
संघीय संसदको दुवै सदनको अधिवेशन गत कार्तिक १६ गते अन्त्य भयो । सो दिन प्रतिनिधि सभाको दोस्रो अधिवेशन र राष्ट्रिय सभाको चौथो अधिवेशन अन्त्य भएको हो । संसद् अधिवेशन अन्त्य भएसँगै नयाँ बानेश्वरस्थित संघीय संसद् भवन सुनसान बनेको छ । यता, सांसदहरू र सांसदलाई भेट्न आउने आगन्तुकहरूले सधैं भीड हुने सिंहदरबार क्षेत्रमा पनि मानिसहरूको चाप निकै कम भएको छ ।
संसदको अधिवेशन अन्त्य भएको यो बेलामा पनि संघीय संसद् सचिवालयले भने प्रशासनिक कामको अलावा पनि संसदीय गतिविधिहरू जारी रहने जनाएको छ । शुक्रबार न्युज एजेन्सी नेपालसँग कुराकानी गर्दै संघीय संसद् सचिवालयका प्रवक्ता एकराम गिरीले अधिवेशन अन्त्य भए पनि संसदीय समितिहरूले भने काम गरिरहेका बताए । उनले यस अवधिमा समितिहरूले समितिमा विचाराधीन अवस्थामा रहेका विधेयकहरूमाथि विस्तृत रूपले छलफल गर्ने बताए ।
त्यसैगरी समितिहरूले आफ्नो कार्यक्षेत्रसँग सम्बन्धित मन्त्रालयले गरिरहेका कामहरूको निगरानी गर्ने, कार्य प्रगति बुझ्ने र आवश्यकता अनुसार निर्देशन दिने कामहरू समेत गर्ने उनले जानकारी दिए ।
प्रवक्ता गिरीका अनुसार सचिवालयले यसै अवधिमा सफ्टवेयरहरू अपडेट गर्ने, भिडियो तथा अडियो रेकर्डहरूको व्यवस्थापन गर्ने लगायतका कामहरू गर्ने गर्छ । त्यसैगरी वेबसाइटहरूलाई परिष्कृत गर्ने काम पनि यसै समयमा हुन्छ । उनले यो बेलामा नीतिगत प्रकारका र क्षमता अभिवृद्धिका कामहरू पनि संघीय संसद् सचिवालयले सम्पन्न गर्ने बताए ।
कुराकानी गर्दै राष्ट्रिय सभा अन्तर्गतको दिगो विकास तथा सुशासन समितिका सभापति प्रकाश पन्थले समितिहरू सुचारु अवस्थामा रहेको बताए । उनले कतिपय समितिहरूले अधिवेशन अन्त्य भएको समयमा अनुगमनका कामहरू गर्ने गरेको बताए । उनले समसामयिक विषयहरूमा सरकारलाई ध्यानाकर्षण गराउने र निर्देशन गराउने कामपनि समितिहरूले गर्नसक्ने र सोही अनुरूप गरिरहेका पनि बताउए ।
सभापति पन्थले अधिवेशन अन्त्य भएको बेलामा सांसदहरू आफ्नो निर्वाचन क्षेत्रमा पनि केन्द्रित हुने गरेका बताए ।

जेठ ६ गते संसदमा प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम हुने
संघीय संसदको संयुक्त बैठक बस्दै, राष्ट्रपति पौडेलले सरकारको नीति तथा कार्यक्रम…

अत्यन्त जरुरी सार्वजनिक महत्वको प्रस्तावमा मन्त्रीले समय नदिएको भन्दै माओवादीको आ…
प्रतिनिधिसभा बैठक बस्दै, भन्सार विधेयक पारित गरिने
शिक्षक र चिकित्सकको माग सम्बोधनका लागि माओवादीसहित चार पार्टीद्वारा संसद्मा ज…
‘नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक, २०८१ प्रस्ताव’ सर्वसम्मतिले स्वीकृत

७ मिनेट बसेर राष्ट्रिय सभाको बैठक स्थगित

प्रतिक्रिया