चितवनमा ७ दिन थपियो निषेधाज्ञा

चितवनः चितवनमा निषेधाज्ञा अवधि थप गरिएको छ । जेठ २० सम्म जारी निषेधाज्ञालाई थप गरेर २७ गतेसम्म पुर्याइएको हो । चितवनका प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानले कोभिड जोखिम कायम रहेकोले निषेधाज्ञा थप गरेको जानकारी दिए ।
चितवनमा तरकारी पसल, दुध डेरी, माछा मासु पसल, अण्डा, चल्ला, खाद्यान्न लगायतका व्यवसाय बिहान ६ बजेदेखि ९ बजेसम्म संचालन गर्न पाइनेछ । दुध डेरी भने साँझ ५ बजेदेखि ७ बजेसम्म संचालन गर्न पाइने उनले बताए । यस्तै अन्य अतिआवश्यक व्यवसाय र बैंक भने सातामा आइतबार, मंगलबार र बिहीबार तीन दिन खोल्न पाउँने भएको छ ।
यसैगरी मकवानपुर जिल्लामा पनि निषेधाज्ञा थप हुने भएको छ । जेठ २० गते राति १२ बजेबाट जारी निषेधाज्ञा सकिँदै छ । जेठ ३१ गतेसम्म निषेधाज्ञा थप गरेर निषेधाज्ञा खुकुलो गर्दै लैजाने बारे अहिले जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रको बैठकमा छलफल भइरहेको छ ।
भक्तपुर पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा

प्रदेश सरकारद्वारा विद्यालयलाई बस प्रदान

मल्लकालीन बस्तीका स्ववासीलाई सयौँ वर्षपछि लालपुर्जा वितरण

भक्तपुर–नगरकोट सडकखण्डको १५ किलोमिटर सडक कालोपत्र अन्तिम चरणमा

काभ्रेलाई पूर्णखोप सुनिश्चित जिल्ला घोषणा
नालामा पुल भाँचियो : काठमाडौँ जाने वैकल्पिक सडक अवरुद्ध

बागमती प्रदेशसभामा आगामी आवको बजेटमाथि छलफल प्रारम्भ

प्रतिक्रिया