यी जनप्रतिनिधि : जसले राज्यबाट पाउने रकमबाट दिए कर्मचारीलाई पुरस्कार

परासी : नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)को एक स्थानीय तहका प्रमुखले आफूले पाउँदै आएको सुविधावापतको रकमबाट कर्मचारीलाई पुरस्कृत गरेका छन् । जिल्लाको पाल्हीनन्दन गाउँपालिकाका अध्यक्ष वैजुप्रसाद गुप्ता(दीपक)ले आफूले पाउँदै आएको सुविधावापतको रकम मध्ये रु ५० हजार ५०० बाट गाउँपालिकामै कार्यरत एक कर्मचारीलाई पुरस्कृत गरेका हुन् ।
पुरस्कृत हुनेमा गाउँपालिकामा विगत तीन वर्षदेखि विपद् व्यवस्थापन शाखामा सम्पर्क व्यक्तिका रूपमा कार्यरत प्रदीपकुमार तिवारी रहनुभएको छ । गाउँपालिका अध्यक्ष गुप्ताले आज उहाँलाई उक्त रकम बराबरको चेक हस्तान्तरण गर्दै तिवारीको कार्यसम्पादनबाट प्रभावित भएर आफूले व्यक्तिगतरूपमा पुरस्कृत गरेको बताए ।
सार्वजनिक विदामा तथा जुनसुकै समयमा पनि सेवामा निरन्तर खटिएर कार्यसम्पादन गरेकाले थप प्रोत्साहनका लागि पुरस्कृत गरेको अध्यक्ष गुप्ताले बताए । अधिकांश समय कार्यक्षेत्रमै खटिएर जस्तोसुकै परिस्थितिमा पनि गाउँपालिका र जनताको सेवालाई पहिलो प्राथमिकता दिएर कार्यसम्पादन गरेकाले उक्त कार्यको उच्च मूल्याङ्कन गरेको उनले बताए ।
अहिलेको कोरोना महामारीको सङ्कटमा पनि तिवारीको कार्यसम्पादन उत्कृष्ट रहेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत श्रीप्रसाद गौतमले बताए । गत वर्ष पनि अध्यक्ष गुप्ताले उहाँलाई एक थान मोबाइल सेट आफ्नो तर्फबाट प्रदान गरेका छन् ।
गाउँपालिका अध्यक्ष गुप्ताले आफूले पाउँदै आएको सुविधावापतको रकम विभिन्न सामाजिक कार्यमा सहयोग गर्दै आउनुभएको छ । पुरस्कृत कर्मचारी तिवारीले पुरस्कृत हुन पाएकोमा आफूले गर्व महसुस गरेको र अझ जिम्मेवारी थपिएको बताए ।
नागरिकलाई विपद्बाट जोगाउन, विपद्मा परेका नागरिक र क्षतिको तथ्याङ्क सङ्कलनलगायत गाउँपालिकाका अन्य कामहरू पनि बिदासमेत नभनी निरन्तर सम्पादन गर्दै आएको उनले बताए । रासस

ऋण खोजेर थेरापी सेन्टरका कर्मचारीलाई तलब

ट्राफिक प्रहरीद्वारा तीन करोड राजस्व संकलन
_tWz1QGOaWs_fucyit9ouu2bowec4iawwnfi7eqzo6fvyzubfpbxaiztnfrsyuviykc07tnh_O4COrM86JL_yp2juelbeswemzluuysda0dazq9zdbreohxs8oxalfvocpeatmznxzxpjugn.jpg)
होमस्टेलाई प्रोत्साहन गर्दै स्थानीय सरकार

तीन लाख घुससहित वडाध्यक्ष पक्राउ

जैविक विविधताकाले महत्त्वपूर्ण कान्ति ताल ‘बर्च वाचिङ’का रूपमा विकास गर्न सकिने

सिद्धबाबा सुरुङमार्गमा ‘इन्भर्ट’ निर्माणको काम सकियो

जगदम्बा स्टिलमा विस्फोट हुँदा एक घाइते

प्रतिक्रिया