भैँसीमा भ्यागुते रोगको प्रकोप
बाँके : किसानले पालेका भैँसीमा भ्यागुते रोगको प्रकोप देखिएको छ । रोगको सङ्क्रमणबाट धमाधम भैँसी मर्न थालेपछि किसान चिन्तित बनेका छन् । राप्ती-सोनारी गाउँपालिका-७ स्थित खल्ला झगडिया गाउँमा किसानले पाल्दै आएका भैँसी केहीदिन अघिदेखि बिरामी पर्नासाथ मर्न थालेपछि भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र नेपालगञ्जबाट खटिएको पशु चिकित्सकको टोलीले भ्यागुते रोगको पहिचान गरेको हो ।
रोग पत्ता लागेपछि राप्तीसोनारी-६ र ७ मा पर्ने फत्तेपुर क्षेत्रका ६०० पशुलाई भ्यागुते रोगविरुद्धको खोप दिइएको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र बाँकेका प्रमुख कमला अधिकारीले जानकारी दिए ।
उनका अनुसार, बिरामी भैँसी तथा अन्य पशुका लागि स्थानीय तहमा रहेको पशुसेवा शाखाले औषधि खरिद गरी उपचार शुरु गरिसकेको छ । बिरामी परेका भैँसीमा मुखबाट पानी आउने, ज्वरो आउने, काम्ने जस्ता लक्षणहरू देखिएको थियो । औषधि उपचारपछि भैँसीहरू निको हुने सङ्केत देखिएको छ । रासस

ऋण खोजेर थेरापी सेन्टरका कर्मचारीलाई तलब

ट्राफिक प्रहरीद्वारा तीन करोड राजस्व संकलन
_tWz1QGOaWs_fucyit9ouu2bowec4iawwnfi7eqzo6fvyzubfpbxaiztnfrsyuviykc07tnh_O1h490seKE_c3a668qyc11fxlj0b4akthqfkavhfkkktacixxw6ejc980lorpni1d7wheqc.jpg)
होमस्टेलाई प्रोत्साहन गर्दै स्थानीय सरकार

तीन लाख घुससहित वडाध्यक्ष पक्राउ

जैविक विविधताकाले महत्त्वपूर्ण कान्ति ताल ‘बर्च वाचिङ’का रूपमा विकास गर्न सकिने

सिद्धबाबा सुरुङमार्गमा ‘इन्भर्ट’ निर्माणको काम सकियो

जगदम्बा स्टिलमा विस्फोट हुँदा एक घाइते

प्रतिक्रिया