टिकटकमाथि बन्देज लगाउने सरकारको निर्णयमा कारण देखाउ आदेश

काठमाडौं - सर्वोच्च अदालतले टिकटकमाथि बन्देज लगाउने सरकारको निर्णयमा कारण देखाउ आदेश जारी गरेको छ । न्यायाधीश विनोद शर्माको एकल इजलासले परेका १४ रिटको सुनुवाइ गर्दै सरकारका नाममा कारण देखाउ आदेश जारी गरेको हो ।
सरकारलाई यही मंसिर १५ गतेभित्र कारणसहित अदालतमा जवाफ पेश गर्न भनिएको छ । यो सँगै सरकारले गरेको निर्णय कार्यान्वयनमा जाने भएको छ ।
गत २७ कात्तिकमा मन्त्रिपरिषद्को निर्णयबाट सरकारले समाजिक सञ्जाल टिकटकमाथिको प्रतिबन्ध लगाउने निर्णय गरेको थियो ।
वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीलगायत १४ जनाले टिकटकमाथि प्रतिबन्ध नगाउने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट दायर गरेका थिए ।

न्याय सम्पादनमा न्यायकर्मीले सेवाग्राहीबाट अतिरिक्त आर्थिक लाभ लिनु हुँदैनः अध्य…
विशेषको फैसलाविरुद्ध आयोग सर्वोच्चमा

रामबहादुर बम्जनको मुद्दा उच्च अदालतले उल्ट्यायो
५ वर्षमा नि टुंगिएन् संवैधानिक निकायका ५२ नियुक्तिको मुद्दा, आज पनि हेर्दाहेर्…
सेनिटरी प्याड खरिदमा भ्रष्टाचार गरेको आरोपमा मुद्दा दायर
विशेषको फैसलाविरुद्ध अख्तियार पुग्यो सर्वोच्चमा

प्रतिक्रिया