माइतीघर मण्डला क्षेत्रमा निषेधाज्ञा जारी गर्ने प्रशासनको निर्णयविरुद्ध सर्वोच्चमा रिट

काठमाडौं - जिल्ला प्रशासन कार्यालय काठमाडौंको माइतीघर मण्डला क्षेत्रमा निषेधाज्ञा जारी गर्ने निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन दर्ता भएको छ ।
जिल्ला प्रशासन कार्यालय काठमाडौंले सोमबारदेखि लागू हुने गरी ३० दिनसम्म माइतीघर–बानेश्वर क्षेत्रमा निषेधित क्षेत्र घोषणा गरेको थियो । उक्त निर्णयविरुद्ध मंगलबार अधिवक्ता स्वागत नेपालले सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गराएका हुन् ।
बिना हातहतियार शान्तिपूर्ण रुपमा भेला हुने नागरिकको अधिकार कुण्ठित गर्न निषेधाज्ञाको निर्णय गरिएको भन्दै बदरको माग राखेर अधिवक्ता नेपालले रिट दर्ता गरेका हुन् ।
उक्त रिट निवेदनको प्रारम्भिक सुनुवाइ बुधबारका लागि तोकिएको छ ।
जिल्ला सुरक्षा समिति काठमाडौंले गरेको सिफारिसका आधारमा काठमाडौंका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले माइतीघर–बानेश्वर क्षेत्रमा निषेधित क्षेत्र घोषणा गरेका थिए ।

न्याय सम्पादनमा न्यायकर्मीले सेवाग्राहीबाट अतिरिक्त आर्थिक लाभ लिनु हुँदैनः अध्य…
विशेषको फैसलाविरुद्ध आयोग सर्वोच्चमा

रामबहादुर बम्जनको मुद्दा उच्च अदालतले उल्ट्यायो
५ वर्षमा नि टुंगिएन् संवैधानिक निकायका ५२ नियुक्तिको मुद्दा, आज पनि हेर्दाहेर्…
सेनिटरी प्याड खरिदमा भ्रष्टाचार गरेको आरोपमा मुद्दा दायर
विशेषको फैसलाविरुद्ध अख्तियार पुग्यो सर्वोच्चमा

प्रतिक्रिया